इटहरी,कार्तीक २६ गते । प्रदेश एकको राजधानीका लागि इटहरीलाई केन्द्र विन्दु बनाएर घोषणा गर्न दवाव दिनका लागि इटहरीमा बृहत प्रदर्शन गरिएको छ । इटहरी देखि १५ देखि २० किलोमिटर क्षेत्रमा पर्ने पूर्व पश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्षन भएको हो । कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार एवम नेकपा एमालेको केन्द्रिय बैकल्पिक सदस्य भगवती चौधरीले पार्टीद्धारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरि सकिएकाले त्यसमा आफुले के गर्दा सहजता हुन्छ त्यका लागि आफु तयार भएको कुरामा जोड दिनुभयो । सोही अवसरमा सुनसरी २ बाट बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमाल सुवेदीले पनि आफुले इटहरीलाई प्रदेश राजधानी घोषणाका गरिने जस्तो सुकै दवाव वा आन्दोलनको मोर्चामा शसक्त भूमिका निर्वाह गर्न सक्रिय हुने उद्घोषण गर्नुभयो । साथै सोही कोणसभामा नेपाली काङ्ग्रेसका क्षेत्र नम्वर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल नेकपा एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एवम इटहरीका पूर्व मेयर सर्वध्वज सावाँ क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेत लगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सवैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सवैका लागि मान्ने हुने भएकाले आफुहरु तयार रहेको कुरामा जोड दिनुभयो । कोणसभामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पूर्व साँसदहरु सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष शैलेस विष्ट, लगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दवाव दिन गरिने कार्यक्रममा सक्रियता रहने प्रतिबद्धता जाहेर गर्नुभयो । सप्तकोशी अनलाइनबाट
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन