Advertize with us.............

प्रहरीको गाडी देख्दा लुक्ने किशोरी भन्छन् हिंसा रोक्न प्रहरीको साथ दिन्छौ

रोमा रिजाल,

इटहरी,कार्तीक २६ गते । कक्षा ११ मा अध्यनरत सुनसरी बवियाकी १७ बर्षीया पुनम शमालाई प्रहरी देख्ने बित्तिकै डर लाग्थ्यो । बर्दीमा रहेका प्रहरीको छेउमा जानु नपरेपनिहुन्थ्यो लाग्थ्यो पुनमलाई । बाटो हिड्दा पनि तर्केर हिड्नु हुन्थ्यो । यस पछाडिको कारण थियो प्रहरीसँगको डर । केहि दिन अघि सम्म पुनमलाई मनमा लाग्थ्यो प्रहरीहरु कडा स्वाभावका हुन्छन् । तर अहिले प्रहरी प्रतिको हेराई फेरिएको छ । रोनी कुमारी शर्माको प्रहरी कार्यलयकै छेउमै घर छ । घर छेउमै प्रहरी कार्यालय भएपनि प्रहरीसँग उहाँको बोला चाल कहिलै भएन । प्रहरीसँग डराउने १८ बर्षीया रोनीकुमारी शर्मालाई अहिले ति घर छेवैका प्रहरी त नजिकका साथी पो हुदाँ रहेछन भन्ने लागेको छ । प्रहरीको व्यबहार र कामले अझै पनि कतिपयलाई प्रहरीसँग डर लाग्छ । प्रहरीको जिम्वेवारी र काम गर्ने शैलीले पनि किशोर किशोरीका मनमा प्रहरीसँगको सम्बन्ध सुमधर हुन सकेको छैन । तर लैङ्गिक हिंसालाई कम गर्ने हो भने किशोर किशोरी र प्रहरी विचको सम्बन्ध टाढाको होइन नजिकको हुनु पर्छ भनेर काम गरिरहेको सस्था सर्चफर कमण्ड ग्राउण्डले गरेको कार्यक्रमपछि भने कार्यक्रममा सहभागि किशोर किशोरीहरुको प्रहरीप्रतिको नकारात्मक धारणा हटेको छ । तिन दिन सम्म प्रहरी र युवा मिलेर भिन्दा भिन्दै खेलका माध्यमबाट समुदायमा हुने बिभिन्न समस्याको समाधान खोजिएपछि कार्यक्रममा सहभागगिहरुले प्रहरीलाई हिंसा न्यूनीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्रहरीसँगको सहकार्यमा काम गर्दा सफल हुइदो रहेछ भन्न्ो प्रमाणीत भएपछि प्रहरीसंँग सहभागिको आत्मियता बढेको हो । ‘पहिलो पटक प्रहरीसंगै बसेर एउटा कार्यक्रममा सहभागि भए, पहिले प्रहरी देख्दा एक्कासि मनमा डर पलाएर आउथ्यो’ । पुनम शर्माले भन्नु भयो –‘अब प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । ’ प्रहरीको काम र कर्त उहाँको अहिले प्रहरी देख्दा लाग्ने डर हटेर गएको छ भने आगामि दिनमा केहि समस्या परिहाले तुरुन्त प्रहरीकोमा पुग्न सक्ने बिश्वास बढेको छ । कार्यक्रममा सहभागि मध्ये जिल्ला प्रहरीकार्यलय सुनसरीमा कार्यरत प्रहरी जवान अमृता खड्कालाइ कार्यक्रममा सहभागि हुनपाँउदा खुशी लागेको छ ।
समाजमा केहि भइहाले प्रहरीले नै समाधान गर्नुपर्छ भन्ने लाग्ने इनरुवा १ का १८ बर्षीय बिजय मेहतालाई अब प्रहरीलाई आफुले पनि सहयोग गनुपर्छ भन्ने लाग्न थालेको छ । आफ्ना कुरा खासै प्रहरीले नसुन्लान भनेरै प्रहरीको नजिन नपर्ने मेहता अब भने घर छरछिमेक वा समाजमा केहि भए वा हुनसक्ने थाहा पाउने बितिकै प्रहरीको १०० नम्वरमा फोन गरेर जानकारी गराउने बताउनुहुन्छ । इनरुवामा भएको ३ दिने हाम्रो टिम मैदानमा नामक कार्यक्रममा २० जना प्रहरी र ५५ बिभिन्न क्षेत्रका युवा र ५ जना सञ्चार क्षेत्रका युवा को सहभागिता रहेको थियो ।

युुकेएड र सर्च फर कमन ग्राउण्डको सहकार्यमा साझा सवालका लागि साझा मञ्च कोकानले आयोजनामा भएको सो कार्यक्रम मार्फत सहभागिता मूलक उपस्थितीका आधारमा शान्ति, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गराउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरीएको हो । प्रहरी र समुदायलाई एकै ठाउमा राखेर अभिमुखिकरण गर्नुको उद्येश्य शान्ति र सुरक्षाकालागि नागरीक र प्रहरीबिचको सम्वन्ध प्रगाढ बनाउनु रहेको साझा सवालकालागि साझा मञ्च कोकनकी पूर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रबतmा नारायण प्रसाद चिमरियाले प्रहरी प्रशासनले गर्ने काम र कर्तब्य का साथै नागरीकले प्रहरीलाइ समुदायबाट गर्नु पर्ने सहयोगका बारेमा प्रस्टाउनुहुदै सहभागिहरुले प्रहरी समक्ष राखेका स्थानिय सवालको जवाफ दिदै आगामि दिनमा युवा र प्रहरीको सहकार्यमा समाजमा रहेका बिपन्नतथा सिमान्तकृत समुदायको न्यामा पहुच बढाउन सजिलो हुने धारणा राख्नुभयो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस