इटहरी, कार्तीक २६ गते । स्थानीय तहको निर्वाचनका बेला सुनसरीको धरान उप महानगरपालिकामा संघिय समाजवादी फोरम र माओवादी केन्द्रका बिचमा चुनावी तालमेल भयो । मेयर माओवादी केन्द्र र उप मेयर फोरम नेपालका बिच बाँडफाँड भएपछि त्यहाँ दुवै पार्टीले संयुत्त रुपमा चुनावी प्रचार गरे । भोट मागे । तर दुर्वै पार्टीले जित निकाल्न सकेनन् । तर स्थानीय तहको निर्वाचन सकिएको तीन महिना नबित्दै त्यहाँको चुनावी तालमेल एक सय ८० डिग्रीले फेरियो । माओवादी केन्द्र एमालेसँग मिलेर चुनावी मोर्चामा होमियो भने संघिय समाजवादी फोरम नेपाल नेपाली कांग्रेससगको बिश्वसमा चुनावी जित्ने दाउमा छ । त्यहाँ फोरम नेपालका बरिष्ठ नेता अशोक राई क्षेत्र नम्बर एक बाट प्रतिनीधि सभामा उम्मेद्वार बन्नु भएको छ । भने कांग्रेसले राईलाई सघाउने भन्दै राईका लागि भोट मागिरहेका छन् कांग्रेसी कार्यकर्ता । मंसिर २१ मा हुने दोस्रो चुनावमा अर्को चाखलाग्दो कुरा त के छ भने त्यहाँ गुरु चेलाको भिडन्त छ । अशोक राईसँगको प्रतिस्पर्धामा रहनु भएका बाम गठबन्धनका जय राई अशोक राईले कुनै बेला हात समाएर राजनीतिमा लाग्नु भएका युवा नेता हुनुहुन्छ । २०३५ सालदेखि बाम राजनीतिमा लाग्नु भएका अशोक राईले जय कुमार राईलाई शिक्षा सदन मावीदेखि महेन्द्र क्याम्पसको बिद्यार्थी आन्दोलनको नेतृत्व गर्दा सम्म हात दिनु भएको थियो । एमालेको राजनीतिमा रहँदा अशोक राईका बिश्वास पात्र रहनु भएका जय कुमार राई आज आप्mनै गुरुसँग चुनावी मैदानमा रहँदा सुनसरी क्षेत्र नम्बर एकको चुनावी रौनक रमाइलो बन्दै गइरहेको छ । संघीय समाजवादी फोरमका बरिष्ठ नेताका रुपमा रहनु भएका अशोक राई एमाले पार्टीमा रहँदाको स्थितिलाई हेर्ने हो भने जयकुमारको ‘गुरु’ हुनुहुन्छ । जतिखेर उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्थ्यो त्यो बेलामा जयकुमारको स्थिति नगरको नेतामा सिमित थियो । यस हिसाबले पनि अशोक र जयकुमारको प्रतिनिधि सभाको रस्साकस्सीलाई रोचक तरिकाले हेरिएको छ ।
गुरु चेलाको भिडन्त
धरान ‘बाम’ हरुको सहर हो भन्नको लागि २०१५ यतादेखिको चुनावी माहौललाई हेरे काफी हुन्छ । अझ २०४८ सालको आम निर्वाचन होस् या २०७० को दोस्रो पटक सम्पन्न भएको संविधान सभाको चुनाव नै होस् । यहाँ बामले नै जित्दै आएको छ । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा माओवादीले जितेको बाहेक अन्य चुनावहरुमा एमालेले बर्चश्व कायम गर्दै आएको छ । संगठनका हिसावले पनि बामगठबन्धनको तालमेलालाई बलियो मानिन्छ । तर आफूले यही भूगोलमा राजनीतिको शुरुवात र विकास गरेकाले आफूले नै चुनाव जित्ने अशोक राई ढुक्क हुनुहुन्छ । तर उहाँका लागि चुनावी भूगोल र मतदाता भने नौला छन् । यस अघि राईले खोटाङ्गबाट चुनाव लड्दै आउनु भएको हो । पहिचानको मुद्यालाई कुनै बेला जुरुक्क बोकेको धरानले फेरी आफूलाई चुनाव जिताउनेमा राईको बिश्वस छ । तर यस अघिका निर्वाचनलाई हेर्ने हो भने धरान र धरान आसपासको क्षेत्रमा पहिचानवादी हरुले चुनाव जितेका छैनन् । एमाले र माओवादी दुवैको संगठन बलियो भएको सुनसरी क्षेत्र नम्बर एकमा पहिचानको नारा र कांग्रेसको बलले मात्रै चुनाव जित्छु भन्नु अशोक राईलाई मुखर्ता हुने छ । किनकी धरान क्षेत्रमा संघिय समाजवादी फोरम नेपालको मत जम्मा जम्म स्थानीय तहको निर्वाचनमा ५ हजारको हराहारीमा मात्रै छ । वितेको १० बर्षदेखि धरान क्षेत्रकै राजनीतिमा सक्रिय जयकुमार राई भने गुरुलाई हराउन सक्ने ल्याकत राख्ने नेताका रुपमा लिन सकिन्छ । बामपन्थी हरुको बलियो संगठन र मतदातासँगको व्यत्तिगत सम्बनध जय कुमार राईका जितका लागि बलिया आधार हुन् तर पटक पटक मन्त्री भइसकेका र केन्द्रिय नेतासँगको प्रतिस्पर्धाले भने उनको जनमतमा घटबढ हुन सक्ने देखिन्छ । २०४८ सालदेखि नै बामगठबन्धनले राज गर्दै आइरहेको यो क्षेत्र जयकुमारलाई केही सहज हुने देखिन्छ । तर, केन्द्रसँग पहुँच राख्न सक्ने त्यसमा पनि परिचित अनुहार भएकाले अशोकले चुवान जिती हाले आश्चर्यमा नपरे हुन्छ । धरानमा सवै कुरा भएर पनि नेतृत्व नभएको गुनासो धरानेहरुले गरिरहन्छन् । धरानले केन्द्रको राजनीतिमा हस्तक्षेप गर्न सक्ने नेता जन्माउन नसकेको अवस्थामा अशोक राई सुनसरी क्षेत्र नम्बर एकका मतदाताका लागि उपयुक्त विकल्प हुन सक्छन् । यो हकमा अशोकलाई केही भोटहरु जाने सम्भावना पनि छ ।
फरक छैन एजेन्डा
एउटै जाती र एउटै राजनीतिक पृष्ठभूमीबाट आएका दुवै उम्मेद्वारको चुनावी एजेन्डा पनि फरक छैन । पर्यटकिय शहर निर्माण,बसपार्कको व्यबस्थापन, खानेपानी समस्याको समाधान, र एयरपोर्ट दुवैका प्राथमिकतामा छन् ।
बाम गठबन्धनका जयकुमार भन्नु हुन्छ ‘धरान हरेक क्षेत्रमा अघि भए पनि यहाँ नेतृत्वको खडेरीका कारण ओझेलमा परेको छ । धरानको समग्र विकासका लागि आफ्नो नेतृत्व काफी हुन्छ ।’ एयरपोर्ट निर्माण, बसपार्क स्थानान्तरण, धरानलाई हरियाली बनाउने मात्रै हैन, धरानलाई प्रदेशको राजधानीसम्म बनाउने उहाँको मूख्य एजेण्डा छ । अशोकले भने यहाँको आर्थिक गतिविधि उद्योगधन्दा, व्यापारलाई पर्यटन उद्यमसँग जोडेर विकास गर्ने लक्ष्य राख्नु भएको छ । उहाँले ‘पूर्वाञ्चलको पर्यटन केन्द्रको रुपमा यसलाई विकास गर्नुपर्छ । एजुकेसन र हेल्थको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । प्रदेशको राजधानी यही क्षेत्रमा ल्याउने मात्रै हैन, त्यो हुन नसके पनि यहाँको आर्थिक, सामाजिक अवस्थालाई नजिकबाट पहिचान गर्न सक्ने अवस्थाको सिर्जना गर्ने पक्षमा उहाँ हुनुहुन्छ
बाम गठबन्धनका जयकुमार भन्नु हुन्छ ‘धरान हरेक क्षेत्रमा अघि भए पनि यहाँ नेतृत्वको खडेरीका कारण ओझेलमा परेको छ । धरानको समग्र विकासका लागि आफ्नो नेतृत्व काफी हुन्छ ।’ एयरपोर्ट निर्माण, बसपार्क स्थानान्तरण, धरानलाई हरियाली बनाउने मात्रै हैन, धरानलाई प्रदेशको राजधानीसम्म बनाउने उहाँको मूख्य एजेण्डा छ । अशोकले भने यहाँको आर्थिक गतिविधि उद्योगधन्दा, व्यापारलाई पर्यटन उद्यमसँग जोडेर विकास गर्ने लक्ष्य राख्नु भएको छ । उहाँले ‘पूर्वाञ्चलको पर्यटन केन्द्रको रुपमा यसलाई विकास गर्नुपर्छ । एजुकेसन र हेल्थको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । प्रदेशको राजधानी यही क्षेत्रमा ल्याउने मात्रै हैन, त्यो हुन नसके पनि यहाँको आर्थिक, सामाजिक अवस्थालाई नजिकबाट पहिचान गर्न सक्ने अवस्थाको सिर्जना गर्ने पक्षमा उहाँ हुनुहुन्छ
यस्तो छ क्षेत्र
धरान उपमहानगरको एकदेखि २० वटै वडा, बराह नगरपालिकाको १ देखि ५ साथै रामधुनीको ६ र ७ वडा गाभिँदा बामगठबन्धनको कुल मत ४५ हजारको हाराहारीमा छ । यो क्षेत्रमा एमाले ३० हजार, कांग्रेस २४ हजार र माओवादी केन्द्र १५ हजार र संघीय समाजवादी फोरम ५ हजारको हाराहारीमा मत रहेको आँकलन गरिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा कुल १ लाख २२ हजार ६९१ मतदाता छन् । क्षेत्र १ (क) मा ६१ हजार ७ सय ५५ र १(ख)मा ६० हजार ९ सय ३६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । सप्तकोशी अनलाइनबाट




परिवर्तनपरिवर्तन इमोसनइमोसन