Advertize with us.............

अफ्गानिस्तानमा टेलिभिजन स्टेशनमा आक्रमण

आक्रमणअफ्गानिस्तानको जलालाबाद शहरस्थित सरकारी टेलिभिजन स्टेशनको कार्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन्।
लडाइँ जारी छ र भिषण गोली हानाहानको आवाज अझै सुन्न सकिन्छ।
प्रान्तीय गभर्नरका अनुसार तीनजना आक्रमणकारी टेलिभिजन स्टेशनको कार्यालयमा प्रवेश गरेका थिए।
उनीहरुमध्ये दुईजनाले आत्मघाती विस्फोट गराएका थिए।
लडाइँ
सुरक्षाकर्मीले भवनलाई कब्जामा लिएपछि बाँकी एकजनाले लडाइँ गरिरहेका छन्।
स्टेशनका प्रमुखसहित १२ जना कर्मचारीलाई भवनबाट उद्धार गरिएको छ।
आक्रमणमा कोही मारिएको खबर प्राप्त भएको छैन।
तर केही कर्मचारीहरु भवनभित्रै थुनिएको बताइएको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस