इनरुवा । प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा मिडियामा समेत विकृती देखिएको छ । उम्मेदवार र पार्टीले मिडियालाई प्रभावित गर्ने क्रमसँगै मिडियाले समेत सकारात्मक वा नकारात्मक समाचार छाप्ने भन्दै उम्मेदवारहरुसँग पैसा असुल्ने क्रम बढेको छ ।
चुनावको लागि उम्मेदवार र पार्टीले मिडिया ‘किन्ने’ क्रम बढेको भन्दै सचेत सरोकारवालाहरुले गुनासो गरेका छन् । ‘अन्य मिडियाको नाममा समेत पैसा उठाएर खाइदिने क्रम बढेको छ,’ सुनसरी सदरमुकाम इनरुवाका एक पत्रकारले बताए ।
चुनावको मुखमा प्रचारप्रसारको लागि उम्मेदवार तथा राजनीतिक दलले सञ्चारमाध्यमलाई प्रयोग गर्ने क्रम निकै बढेको छ । पहिला पहिला पोष्टर र पम्प्लेटको प्रयोग हुन्थ्यो भने आजकल फेसबुक र सञ्चारमाध्यमको प्रयोग बढ्दै आएको छ ।
तर यसरी प्रचारप्रसार गर्ने क्रममा पनि प्रचार सामाग्रीलाई समाचारको रुपमा लेख्ने र पैसा लिने प्रवृत्ती बढेको छ । यसले गर्दा पार्टी र उम्मेदवारहरु विज्ञापन प्रकाशन गर्ने भन्दा पनि ‘मिडिया किन्ने’ शब्दको बढी प्रयोग गर्न थालेका छन् ।
एक जना पत्रकारले भने, ‘चुनावअवधिभर विपक्षीको खेदो खन्न र आफ्नो राम्रो बखान गर्न पार्टीहरुले मिडिया किन्ने क्रम बढेको छ, र मिडिया पनि किनिएका छन् ।’
अरु मिडियाको नाम लिँदै पैसा उठाउँदै
यस्तै अन्य मिडियाहरुलाई समेत देखाएर पैसा बार्गेनिङ गर्ने ठेकेदार प्रवृत्ती पनि देखिन थालेको छ । अरु मिडियालाई पनि बाँड्ने भन्दै मिडियाको सुची नै उम्मेदवारहरुसँग पुगेको छ । ‘विज्ञापन होइन, पोजेटिभ समाचार लेख्ने भनेर लिएको हुन्छ,’ स्रोतले भन्छ, ‘तर त्यो पैसा जसले लियो, उसैले राख्छ, उम्मेदवारले पनि खोज्न भ्याउँदैन ।’
यसरी उम्मेदवारलाई मुर्गा बनाउने व्यक्ति धेरैजसो सञ्चारमाध्यमसँगै आबद्ध रहेको बताइएको छ । खासगरी हेविवेट उम्मेदवारहरुले आफू निकटका विश्वासपात्रमार्फत् तिनका पनि विश्वासपात्रको रुपमा रहेका पत्रकारहरुलाई एकमुष्ठ पैसा दिने गरेका छन् । ‘सुनसरीमा विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की लगायतले एकमुष्ठ पैसा दिइरहेका छन्,’ स्रोत भन्छ, ‘उनीहरुसँग पैसा लिनेले कान्तीपुर अनलाइनमा समेत समाचार लेख्ने भनेर एकमुष्ठ पैसा लिएको छ ।’
इनरुवामा केही समुहले विभिन्न अनलाइन, पत्रिका र रेडियोहरुको नाम राखेर उम्मेदवारहरुसँग एकमुष्ठ पैसा उठाइरहेको स्रोतले जानकारी दिएको छ । ‘कान्तीपुर अनलाइनको नाममा समेत पैसा उठेको छ,’ स्रोत भन्छ । एउटा मिडियालाई सरदर ३०–४० हजार रुपैया भाग लगाइएको बताइन्छ । टन्न पैसा हुने र धेरै मिडियाकर्मीसँग व्यक्तिगत सम्बन्ध नहुने उम्मेदवारहरुले यसरी मिडिया किन्ने भन्दै एकमुष्ठ रकम दिने गरेका छन् ।
आचारसंहिता विपरीत
समाचारको लागि पैसा लिनु पत्रकार आचारसंहिता विपरीत भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का बताउँछन् । ‘विज्ञापनलाई समाचारको रुपमा प्रकाशन र प्रशारण गर्न आचारसंहिताले दिँदैन,’ उनले भने ।
तर सुनसरीमात्र होइन पूर्वी जिल्लामा पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै आएका छन् । निर्वाचनको समयमा सन्तुलित र सभ्य मिडियालाई मात्र मानिसले पत्याउने हुँदा विश्वसनीयता कायम राख्न पत्रकारिताका अग्रजहरुले सल्लाह दिएका छन् ।

हाम्रो बारेमा समय अनलाइन
समय अनलाइन एउटा अनलाइन मिडिया हो। जसले निरन्तर सत्य ताजा समाचार लगायतका सामाग्रीहरू प्रकाशन गर्ने गर्छ।