इनरुवा । सुनसरीको क्षेत्र नं ४ बाट प्रतिनीधीसभा सदस्यमा उमेदवारी दिएका नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्की विरुद्ध सोही क्षेत्रका एक युवाले उमेद्वारी दिएका छन । साविकको रामनगरभुटाहा गाविस हालको हरिनगरा गाउँपालिका घर भएका २५ वर्षका नसिम अन्सारीले पर्यटक नेताका विरुद्ध नेपाली काँगेस (विपी)को तर्फबाट अर्थमन्त्री कार्की विरुद्ध उमेदवारी दिएका हुन ।

सुनसरी ४ बाट प्रतिनीधी सभा सदस्यमा मनोनयन दर्ता गराएका युवा उमेदवार नसिम अन्सारीले आफनो उमेदवारी पर्यटक नेताका विरुद्ध भएको बताए । कांग्रेसले भोजपुर घर भएका ज्ञानेन्द्र कार्कीलाई उमेदवार बनाएको हुदाँ बाध्य भएर उमेदवारी दिएको उनले बताए ।
वैदेशिक रोजगारका सिलसिलामा कतारमा ३ वर्ष बसेर फर्केका नसिमले रोजगारीकालागि विदेशिएका युवाहरुकालागि स्वदेश फर्केर काम गर्ने वाताबरण बनाउने एजेण्डा साथ मैदानमा उत्रिएको बताए ।
सुनसरीको क्षेत्र नं ४ मा मुस्लिम, मधेशी, आदीवासी जनजाती, अल्पसंयक समुदाय लगायतको ठुलो जनसख्याँको बसोबास रहेको छ । नसिमले पर्यटक उम्मेदवार पराजित गर्ने उद्येश्यसाथ ज्ञानेन्द्र कार्की विरुद्ध उम्मेदवारी दिएको बताए । पुरानो नेपाली काग्रेसले स्थानीय नेताहरुलाई प्राथमिकता नदिएर बाहिरका नेतालाई सुनसरीमा चुनाव लडन पठाएकाले आफुले नेपाली काग्रेस विपीबाट उमेदवारी दिएको उनको भनाई छ । नसिमले युवा तथा असन्तुष्ट काँग्रेसीमा साथ पाउने विश्वास लिएका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन