काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जान लागेकी छिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी युएर्इ भ्रमणमा जान लागेकी हुन् ।
राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिने भएको छ । राष्ट्रपति भण्डारीको विदेश भ्रमणले सरकारी ढुकुटीमा घाटा त लाग्ने नै छ साथै अहिलेसम्म नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिमा समेत धक्का लाग्ने सम्भावना देखिएको छ । राष्ट्रपतिले कतारको निम्तो अस्वीकार गरी युएईको भ्रमण रोजेकी हुन् । यसबाट खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा तानिने त्रास बढेको कूटनीतिक क्षेत्रले टिप्पणी गर्न थालेका छन् । भ्रमणबारे परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असहमत रहेको चर्चा चले पनि परराष्ट्र मन्त्रालयले भने भ्रमणमा सहमति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमण दुईपक्षीय हितका विषयमा छलफल हुने र यसले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने बताएको छ । स्रोतका अनुसार यसअघि नै कतारले राष्ट्रपति भण्डारीलाई विदेश भ्रमणको निम्तो दिएको थियो । तर, युएई लगायत चारवटा खाडी राष्ट्रले कतारमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्थामा नेपालका राष्ट्र प्रमुख विवादमा मुछिनु हुँदैन भन्दै भण्डारीको कतार भ्रमण रोकिएको थियो ।
कतारले भ्रमणको निम्तो दिएको थाहा पाएपछि युएईले पनि राष्ट्रपति भण्डारीलाई निम्तो दिएको थियो । गत मंगलबार मात्रै युएईका राजदूतले शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमारको निम्तोपत्र राष्ट्रपति भण्डारीलाई बुझाएका थिए । त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी २६ जनाको जम्बो टोलीसहित युएई जान तयार भइन् ।
परराष्ट्र मन्त्रालयकै अधिकारीहरु अहिलेको समयमा राष्ट्रपतिको युएई भ्रमण आवश्यक नरहेको बताउँछन् । त्यसमा पनि २६ जनाको टोली विदेश शयरमा जानु खर्चका दृष्टिकोणले पनि अनुचित रहेको अधिकारीको भनाइ छ । तथापि नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा राष्ट्रपति भण्डारी युएई जान लागेको बताइएको छ ।
राष्ट्रपतिको २६ सदस्यीय भ्रमण टोलीमा छोरी निशाकुसुम भण्डारी, सवारी मन्त्रीका रुपमा आपूर्तिमन्त्री जयन्त चन्द, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मदनकुमार भट्टराई, सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा लगायत २६ जना छन् ।
युएई भ्रमणमा राष्ट्रपतिको खासै एजेण्डाहरु छैनन् । सोमबार त्यहाँ पुगेपछि मंगलबार उनले दुबईका युवराजसँग भेटवार्ता गर्नेछिन् । दुबईपछि अबुधाबीका भाइस प्रसिडेन्टसँग भेट गर्ने कार्यक्रम छ । साथै मंगलबार सरकारी अधिकारीहरुले दुईपक्षीय भेटघाट गर्नेछन् भने राष्ट्रपतिले युएईमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रपति भण्डारीले युएईबाट फर्केपछि खाडी राष्ट्र र नेपालबीचको सन्तुलन मिलाउन कतारको समेत भ्रमण गर्न सक्ने शीतलनिवास स्रोतले जनाएको छ ।

हाम्रो बारेमा समय अनलाइन
समय अनलाइन एउटा अनलाइन मिडिया हो। जसले निरन्तर सत्य ताजा समाचार लगायतका सामाग्रीहरू प्रकाशन गर्ने गर्छ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन