Advertize with us.............

गच्छदारको क्षेत्रमा पार्टी एकताले कार्यकर्ता र मतदातामा उत्साह

दुहवी । सुनसरीको निर्वाचन क्षेत्र नं ३ यस पटक नेपाली काग्रेसका नेता तथा उपप्रधान तथा संधिय मामिला स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको उम्मेदवारीका कारण देशभर चर्चामा रहेको छ ।
सुनसरी क्षेत्र नं ३ भन्दा बाहिर चुनावी नतिजालाई लिएर बिभिन्न अडकलवाजी सुरु भएपनि यस क्षेत्रका स्थानीय मतदाताहरु भने बाहिर गरे जस्तो चुनावी अडकलबाजी पत्याउन तयार तयार छैनन
अघिल्लो संविधानसभा निर्वाचनमा उनी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव लडेका थिए । उनका विरुद्धमा नेपाली कांग्रेस र नेकपा एमाले प्रतिष्पर्धामा थिए । यस पटक उनी आफ्नो पुरानो कर्म थलो कांग्रेसमा फर्किएका छन ।
दुई पार्टीका नेता कार्यकर्ताहरु एकै थलोमा उभिएर चुनावमा गएका कारण स्थानीय मतदाताहरुमा उत्साह थपिएको दुहवी नगरपालिकाबाट स्थानीय तहको निर्वाचनमा मेयर पदका उम्मेदवार रहेका गौरीशंकर रौनियार बताउँछन ।
‘विगतको निर्वाचनमा हामी दुई पार्टीमा विभाजित भएर चुनाव लडेका थियौ अहिले हामी एक भएका छौ जनतामा नयाँ आशाको संचार भएको छ हामीलाई पनि उर्जा थपिएको छ ।’
चुनावमा जादाँ विकासको एजेण्डा हाम्रो मुल चुनावी अभियान भएकाले यस पटक सहज रुपमा जित हासिल गर्ने गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव बताउँछन ।
हिजो स्थानीय तह निर्वाचनमा जनताका माँझमा जादाँ हामी दुई समुहमा विभाजित भएर गएका थियौ आज एक जुट भएकाले नेता, कार्यकता र मतदातामा नयाँ उत्साह सञ्चार भएको छ– उनी भन्छन ।
सबै स्थानीय नेता कार्यकर्ता एक भएर चुनावी प्रचारमा हिड्दा विगतको चुनाव भन्दा उत्साहप्रद समर्थक र मतदाताको सहभागिता देखिएकोले यसपटकको चुनावमा आफूहरुको जित अझै सुनिश्चित भएको दुहवी नपा ९ का वडाअध्यक्ष मेहदी हुसैन दावी गर्छन ।
सुनसरीको चिमडीका ७५ वर्षिय भुवनेश्वर साह २०४६ सालको परिवर्तनदेखी नेपाली कांग्रेसका सर्मथक रहँदै आएका छन । यस अगाडिका ९ पटक निर्वाचनमा मतदान गरीसके यस पटकले उनी १० औ पटक मतदान स्थलमा गएर मतदान गर्ने तयारीमा रहेका छन ।
राजनीतिक रुपमा सचेत रहेका भुवनेश्वरले यस पटक पुरानै उम्मेवारलाई मत दिने सोचाईमा रहेका छन ।
उनी भन्छन पाँच वर्षमा एक पटक आउने चुनावमा पाएको मताधिकार त्यसै खेर फाल्नु हुदैन हार्ने उम्मेदवार भन्दा जित्नेलाई भोट दिएमा जनमतको कदर हुने भएकाले यस क्षेत्रको विकासमा योगदान दिएका उम्मेदवारलाई रोज्ने बताए ।
कांग्रेसका पुराना समर्थक रहेका बर्जु गाउँपालिका अमाहिवेलाका सन्तु चौधरी उमेरले ७० पुग्न लागे यसपटक उनी वर्ष दिन नपुग्दै दुई पटक मतदान गर्न पाएकोमा खुशी देखिएका छन ।
मसिर २१ गते मतदान केन्द्रमा गएर आफुले विगत देखी नै जिताउदै आएका उम्मेदवारलाई भोट दिएर पुनः सासंद पदमा निर्वाचित गराउने धोको रहेको बताउँछन ।
उनी भन्छन–यो क्षेत्रबाट जितेर यो क्षेत्रको लागि काम गरेका नेतालाई मत दिन्छौ ।  बर्णमाला बाट
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस