Advertize with us.............

रामप्रसादको उम्मेदवारीले एमालेमा मधेशी समुदायको प्रवेश लहर

धर्मेन्द्र मेहता, इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा भरपर्दो मधेशी मुलको नेताको अभावमा विगतको निर्वाचनमा पराजय भोग्दै आईरहेको नेकपा एमालेमा मधेशी मुलका नेता कार्यकर्ताहरु प्रवेश गर्ने लहर चलेको छ ।
सुनसरी एमालेमा इनरुवादेखी दक्षिणवर्ती क्षेत्रमा होस वा एमालेको उत्तर क्षेत्रका नेता कार्यकर्ताहरु बिचमा पञ्चायतकालदेखी वामपन्थी नेताको ब्राण्ड बनाएका खेमराज पोखरेलको नाम लिने गरिन्थ्यो ।
अघिल्लो संविधान सभाको निर्वाचनमा खेमराज पोखरेललाई नेकपा एमालेले उम्मेदवार बनाएको थियो ।
त्यस निर्वाचनमा उनीसँग पार्टी संगठनमा दक्ष मानिएका चुनावी जोड घटाउको राजनीतिमा शान्त स्वभाव भएका पर्शुराम यादव मात्र मुल मधेसी नेताका रुप रहेका थिए ।
दक्षिणवर्ती क्षेत्रका स्थानीयहरु समेत एमालेमा दह्रो खालको मधेशी मुलको नेता नभएकाले एमालेमा आवद्ध हुन हच्किन्थे । सुनसरीको एमाले दह्रो खालको मधेशी मुलको राजनीतिक नेताको खोजीमा रहेको थियो ।
इनरुवाको केन्द्र भागको राजनीतिमा नेपाली कांग्रेसले यस्को फाइदा लिदै संसदीय राजनीतिमा पकड जमाउन सफल हुँदै आएको थियो ।
नेपाली कांग्रेसका उपसभापति रामप्रसाद मेहताले पार्टीले उमेर बित्दै जादाँसम्म उचित स्थान दिएर वर्षौ देखीको योगदानको कदर गर्न नसकेको प्रति असन्तुष्टी जनाउदै प्रदेशसभाको मनोनयन दर्ताको अघिल्लो दिन राती एमालेमा प्रवेश गरी सुनसरी क्षेत्र नं २ को ख बाट प्रदेशसभाको उम्मेदवार भएपछि स्थिति फेरिदै गएको छ ।
उनको आगमनले उत्साहित भएका सुनसरी एमालेका नेताद्धय खेमराज पोखरेल र पोष्टकुमार नेपालले आफ्नो कार्यकुशलतालाई संगठन निर्माण गर्ने अवसरमा सदुपयोग गरी चुनावी अभियानलाई उम्मेदवार रामप्रसाद मेहताको साथमा रहेर नेतृत्व गर्दै दक्षिणवर्ती क्षेत्रमा एमालेमा बिभिन्न दलका नेता कार्यकर्ताहरु प्रवेश गराउने कार्य थालेसँगै मधेशी मुलका नेता कार्यकर्ताहरु एमाले प्रवेशको लहरमा समाहित हुन थालेका छन ।
शनिवार महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यसमिति सदस्य तथा सुनसरीका अध्यक्ष मण्डलका संयोजक डा. सिएन पाठक(चतुरानन्द) अर्का केन्द्रीय सदस्य विनोद पाल, जिल्ला सदस्य रामजी महतो एक कार्यक्रमका विचमा एमालेमा प्रवेश गरेका छन । उनीहरुलाई एमाले नेता खेमराज पोखरेल र पोष्टकुमार नेपालले अविर टिका लगाई स्वागत गरेको पर्शुराम यादवले बताए ।
देवानगञ्जमा नेपाल लोकतान्त्रिक फोरमका नेता जगनारायण मेहताको नेतृत्वमा ३ सय जना सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन ।
भारतीय सीमा क्षेत्रमा रहेको कप्तानगञ्जबाट बद्री मेहताको नेतृत्वमा ३ सय जना, साहेवगञ्जका राप्रपा नेता हंसराज मेहताको नेतृत्वमा १ सय जना, मध्यहर्षाहीका सदानन्द मेहताको नेतृत्वमा ९० जनाले एमाले प्रवेश गरेका छन ।
बवियामा रहेका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु लक्ष्मी मेहता, देबेन्द्र मेहता, गंगाराम मेहता, शिवनारायण मेहता, जितन मेहता, सञ्जय मेहता, विन्देश्वर मेहता, रामभजन मेहता, लक्ष्मण मेहता, रामदेब मेहता, गंगाराम मेहता, महेन्द्र मेहता, रामलखन मेहता सहित २ सय जनासमेत नेकपा एमालेमा प्रवेश गरेको एमालेका सुनसरी सदस्य शत्रुधन यादवले बताए ।
प्रदेशसभाको उम्मेदवार रामप्रसाद मेहताले अहिले बिहानै देखी राती अबेरसम्म सुनसरीका विभिन्न गाउँहरुबाट बिभिन्न दलमा आवद्ध साथीहरुले चुनावमा मत दिने प्रतिवद्धता जनाउँदै एमालेमा प्रवेश गर्ने कार्यक्रम गाउँमा राखेको भनि निमन्त्रणा गर्न थालेको आफूलाई अहिले भ्याईनभ्याई भएको बताए ।
इमान्दार पूर्वक राजनीतिमा लागेका बिभिन्न दलका सयौ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने क्रम बढेकाले मंसिर २१ गते हुने निर्वाचनमा वामगठबन्धनका उम्मेदवारहरुको विजय हुनेमा दुई मत नरहेको रामप्रसाद दावी गर्छन । बर्णमाला बाट
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस