Advertize with us.............

शौचालयवाट फरार थुनुवा प्रहरी नियन्त्रणमा

झापा । पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए। उनलाई नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
पेट दुखेर अस्पातल पुर्याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए। कात्तिक ४ गते छिमेकी ६ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस