
मलेसिया
। कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले टेस्ट
खेल्ने राष्ट्र भारतलाई १९ रनले हराउँदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक
जीत हासिल गरेको छ ।
ऐरीले चार विकेट
लिएपछि नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत
४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो ।
ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए । उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।
सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।
भारतले
पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर,
त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो । ओपनर कप्तान हिमान्सु रानाले
४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।
त्यसबाहेक अभिषेक शर्माले २७ रनको योगदान दिए ।
यसअघि,
नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
नेपालका लागि ऐरीले सर्वाधिक ८८ रन बनाएका थिए । उनले १०१ बलमा ६ चौका र २
छक्को साथ उक्त योगफल बनाएका थिए ।
ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाए ।
प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।
जीतसँगै नेपालले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन