इनरुवा । नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार सीताराम मेहता कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
चुनावी गतिविधिलाई अघि बढाएका मेहताले आफ्नो जित सुनिश्चित भएको बताउँदै आएका छन् ।
विपक्षी बाम गठबन्धनका उमेदवार डम्मर सुवेदी हिमाल अधिकांश मतदाताकालागि नयाँ अनुहार भएको र आफूले यो क्षेत्रका लागि महत्वपूर्ण विकास निर्माणका योजनाहरु अगाडि बढाएकोले आफूप्रति क्षेत्रका मतदाताहरुको विश्वास रहेकोले आफ्नो आफ्नो जित सुनिश्चित रहेको मेहताको दावी छ ।
सुनसरीको पार्टी राजनीतिमा निर्वाह गरेको भूमिका आफ्नो जितको आधार बन्ने मेहताको भनाई छ ।
स्थानीय जनमत आफ्नो पक्षमा रहेको दावी गर्ने मेहताले बाम गठबन्धनलाई भारी अन्तरले पराजित गर्ने ठोकुवा गरेका छन् ।
कार्यकर्ता भेटघाटका क्रममा मेहताले बाम गठबन्धनका विषयमा टिकाटिप्पणी गर्नु भन्दा पार्टीका उम्मेदवारकालागि जितको आधार थप मजबुत बनाउन लागिपर्न आग्रह गरेका छन् ।
इटहरीमा आयोजित प्रदेश २ अन्र्तगतको शिक्षक संघको भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका प्रत्यासी मेहताले सबैलाई आ–आफ्नो तह र तप्काबाट चुनावी प्रचारमा साथ र सहयोग पु¥याउन आग्रह गरे । कार्यक्रमलाई प्रदेश सभातर्फका उम्मेदवार राजिब कोइराला लगायतकाले सम्बोधन गरेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्वर २ ले रामधुनी नगरपालिका वडा नम्वर ८ र ९ लाई लक्षित गरी कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेहताले निर्धक्क भएर नेपाली कांग्रेसलाई साथ दिन स्थानीय तहका नेता तथा कार्यकर्ताहरुमा आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने अर्का वक्ता पार्टी सभापति तथा प्रदेश तर्फका उमेदवार राजिब कोइरालाले बाम गठबन्धनले मूलुकलाई अधिनायकवाद तर्फ डो¥याउने भएकाले लोकतान्त्रिक शक्ति एकभई बाम गठबन्धनलाई परास्त गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी, इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेललगायतको उपस्थिती रहेको थियो । कांग्रेस क्षेत्र नम्वर दुईले डुम्राहा पश्चात साहेबगञ्जमा कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका लक्ष्मी मेहता सहित विभिन्न पार्टी त्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई मेहता र कोइरालाले स्वागत गरेका थिए ।
मेहताले पहिला पार्टी पंक्तिलाई चलायमान बनाउन आफू आफ्नो क्षेत्रमा कार्यकर्ता परिचालनको अभियानमा लागेको जानकारी दिदै यस लगत्तै घरदैलो अभियान लिएर आफूले विगतमा गरेको काम र आगामि दिनको योजनाको विषयमा आम मतदातामा जानकारी गराउने बताए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन