इनरुवा कात्तिक २३ /मतदाता शिक्षाकालागि सुनसरीमा ५ सय २७ जना जनशक्ति परिचालित हुने भएका छन् । जसकालागि आजबाट प्रशिक्षण दिन थालिएको छ । मतदाता शिक्षाकालागि घरदैलोमा खटिने स्वयंसेवकहरुलाई तीन चरणमा प्रशिक्षण दिइने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।
आज धरानबाट सुरुवात गरिएको मतदाता प्रशिक्षणमा १ सय ३६ जना स्वयंसेवक सहभागि रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । भोली इटहरी उपमहानगरपालिका र पर्सीबाट दुई दिन सदरमुकाम इनरुवामा स्वयंसेवक प्रशिक्षणको कार्यतालिका तय गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सुचना अधिकृत शान्तीबहादुर अधिकारीले जानकारी दिनुभयो ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन