Advertize with us.............

​खुकरी नचाउँदै यसरी भयो तीन जनाको हत्या

मकवानपुर । मकवानुपरमा मंगलबार एक व्यक्तिले खुकुरी नचाउँदा एकै पटक तीन जनाको हत्या भएको छ । मनहरी–७ समिल डाँडामा ३२ वर्षका सुमन बराइलीले खुकुरीले काटेर तीन जनाको हत्या गरेका हुन् ।  
मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् । प्रहरीको टोलीले उनलाई गाउँले सहयोगमा सोही दिन पक्राउ गरेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार कार्यालयमा पनि उनी बेहोसीकै कुरा गर्छन् । 
उनी सोधपुछमा समेत काल्पनीक कुर गर्ने प्रहरीले जनाएको छ । उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 
सुमन केही बर्षयता असामान्य अबस्थामा रहेको बताइएको छ । उनलाई केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएको बताइएको थियो । उपचार पश्चात उनले औषधी समेत सवेन गरेका थिए । केहीदिनदेखि सुमन घरबाट हराएका सुमनलाई मंगलबार बिहानै खोजेर ल्याइएको थियो । 
सुमन र सीतारामबीच के सम्बन्ध थियो ?
मृत्यु हुनेमा मृतकमध्ये एक सीताराम धिताल पनि रहेका छन् । सुमन र सीतारामबीच मितेरी साइनोमा बाधिएका थिए । सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको थियो ।  
कसरी भयो हत्या ?
मंगलबार साँझ आफ्नो काम सकेपछि सीताराम सुमनको घरमा सुमनलाई घरमै काम गरेर बस्न भनेर सम्झाउन गएका थिए । तर, सुमनले त्यतीबेलै घरको आँगनमा मित सीतारामलाई खुकुरी हानेर आधी भन्दा बढी गर्दन काटे । 
आफ्ना बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन त्यहाँ आइपुगेपछि सुमनले उनलाई पनि गर्दनमै खुकुरी प्रहार गरे । खुकुरी प्रहरपछि बाबुछोर भुइमा ढलेको बताइएको छ । 
दुई जनाको हत्या गरेपछि बराइली नांगो खुकुरी नचाउँदै बाटोमा हिडे । यसरी नांगो खुकुरी नचाको देखेपछि भागाभाग गर्न थालेको गाउँहरुले बताए । 
यत्तिकैमा सुमनले बाटोमा हिडीरहेका एक जना बृद्ध जीतबहादुर ब्लोनलाई समेत खुकुरी प्रहार गरेर मारे । 
सुमनको यो उदन्डता देखेर गाउँलेहरुले प्रहरीलाई खबर गरेको बताए ।  प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोलीले गाउँले सँग मिलेर सुमनलाई पक्राउ गर्ने प्रयास गरेतापनि निकै नै ग्राह्रो भएको प्रहरीले जनाएको छ । अन्त्यमा गाउँलेले हानेको ढुंगाले लागेर उनी लडेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस