झापा । दमकको त्रिवेणी गेस्ट हाउसमा भएको व्यवसायीको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै विद्यार्थीहरुले शनिवार विरोध र्याली निकालेका छन्। गेष्ट हाउसका व्यवस्थापक रहेका स्थानीय हिमालय माविमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय राजेश मल्लिक शनिबार मृत अवस्थामा फेला परेका थिए। प्रहरीले अझै हत्यारा पत्ता नलगाएको भन्दै दमकका क्याम्पस र विद्यालयका विद्यार्थीहरुले विरोध र्याली निकालेका थिए । र्यालीले नगरका विभिन्न ठाउको परिक्रमा गरेको थियो। हत्यारालाई कारबाहीको माग गर्दै र्याली निकालेको दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन भण्डारीले बताए । हत्यारालाई कारवाही र पीडित परिवारले न्याय पाओस भन्ने उदेश्यले र्याली निकालिएको स्ववियू सभापति विनोद चापागाईँले बताए । मल्लिकको हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको इलाका प्रहरी कार्यालय दमकले जनकारी दिएको छ। दमका प्रहरी नायब उपरीक्षक दिपक गिरीले अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै सत्य तथ्य कुरा सार्वजनिक गर्ने बताए । हत्यामा संलग्नका बारेमा बिभिन्न पहिचान प्राप्त भएको र सोही आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको गिरीले बताए।
हाम्रो बारेमा समय अनलाइन
समय अनलाइन एउटा अनलाइन मिडिया हो। जसले निरन्तर सत्य ताजा समाचार लगायतका सामाग्रीहरू प्रकाशन गर्ने गर्छ।



