Advertize with us.............

​घुस खाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

काठमाडौ । घुस लिएको आरोपमा अर्का एक हेविवेट समातिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायब सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा महानिर्देशक पाण्डे पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको आरोपमा हिजो राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी पक्राउ परेका थिए ।
पाण्डेले नै उनीहरूलाई परिचालन गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस