Advertize with us.............

यस्तो थियो कहालीलाग्दो पहिलो विश्वयुद्ध (हेर्नुस् मुटु हल्लाउने १५ तस्बिर)

एजेन्सी, साउन ८
सन् १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्यपूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्विप समूह) मा चलेको लडाइँलाई प्रथम विश्वयुद्ध भनेर भनिन्छ । यी क्षेत्रहरूमा यो लडाइँ जल, थल तथा आकाशमा लडिएको थियो । यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र नै यस युद्धलाई विश्वयुद्ध भनिएको हो ।
औद्योगिक क्रान्तिका कारण संसारका सबै ठूला देशहरूले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामान बेच्न संसारका कमजोर देशहरूलाई उपनिवेश बनाउन चाहन्थे । यो उद्देश्य प्राप्तिका निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कुटनीतिक सन्धिहरू पनि गरे । यो होडबाजीमा राष्ट्रहरूमा अविश्वास र वैमनश्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो ।
आस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेन्ड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालीक कारण थियो । यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो । एक महिनापछि आस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गर्यो । रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई । अगस्तमा जापान, ब्रिटेन आदिका तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए ।
यो महायुद्ध युरोप, एसिया अनि अफ्रिका तीन महाद्वीपहरूमा जल, थल तथा आकाशमा लडियो । सुरुमा जर्मनीले जित्यो । सन् १९१७मा जर्मनीले धेरै व्यापारिक जहाजहरूलाई डुबाइदियो । यसले गर्दा अमेरिका ब्रिटेनका तर्फबाट युद्धस्थलमा उत्रियो ।
तर, रूसी क्रान्तिको कारण रूस यस युद्धबाट हट्यो । सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरूलाई पराजित गरे । जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ति भयो ।
यहाँ हामीले पहिलो विश्वयुद्धताका १५ तस्बिर राखेका छौं :
  
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस