असोज २ ,मंगलबार
नीजि अस्पतालले बिरामी किन्ने गरेका छन् । उनीहरुले एम्बुलेन्स चालक र दलालहरु मार्फत बिरामी किन्ने गरेका छन् । स्रोतका अनुसार एक जना बिरामीलाई पुरयाए बापत न्युरो अस्पतालले बिरामी हेरेर एक जना एम्बुलेन्स चालकलाई एक देखि दुई हजार रुपैयाँ सम्म रकम दिने गरेको छ । गोल्डेनले पनि एक जना बिरामी ल्याइदिए वापत चालकलाई दुई हजार रुपैयासम्म दिने गरेको पाइएको छ भने बिराट नर्सिङ होमले एक हजार पाँच सय रुपैया चालकलाई दिने गर्छ ।
दलाललाई पनि त्यही हिसावले रकम दिने गरेका कारण दुर्घटनाका घाइतेहरुलाई न्युरो लैजान एम्बुलेन्स चालक र दलाल सक्रिय हुने गरेको एक चिकित्सकले बताए । ‘उपचारका लागि सरकारी अस्पताल कोसी अञ्चल अस्पताल जान खोजेका एक बिरामीलाई एम्बुलेन्स चालकले सिधै न्युरो पुयाए,’ उनले भने,‘बिरामी लगे बापत एम्बुलेन्स चालक र बिरामी ओसार्ने दलालले त्यहाँबाट रकम लिने गरेका रहेछन् ।’ विशेष गरेर अस्पताल र एम्बुलेन्स चालकको मिलेमतोमा यस्तो धन्दा चलाइएको उनको भनाइ छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन