Advertize with us.............

‘नेपाल आइडल’ विरुद्ध मुद्दा दर्ता

वर्तमान टेलिभिजन शोहरुमा निकै लोकप्रिय रहेको रियालिटी सो ‘नेपाल आइडल’ विरुद्ध मुद्दा दायर भएको छ। आइडलविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो।
अधिवक्ता यज्ञमणी न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्धा दायर गरेका हुन्।
गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको र आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरकाले मुद्दा दर्ता गरिएको न्यौपानेले बताएका छन्।
यस्तै, विवेक लामिछाने नाम गरेका एक फेसबुक प्रयोगकर्ताले पनि मुद्दा हाल्ने बताएका छन्। साथै, उनले लेखेका छन्, 'असोज ६ गते कतार जाने कि अदालत विचार गर्नू होला।'

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस