इटहरी/पूर्वका विभिन्न सहरमा बस्दै आएका कटुवाल समाजले बाढी पिढितलाई सहयोग पु¥याउदै आएका छन् । कटुवालहरुले इटहरीमा भएको बाढी पिढीतहरुलाई कटुवाल हातेमालो एकता समाजले राहत संकलन गरी प्रदान गरेको छ । इटहरी १० स्थित शिवालय टोलका बाडीपीडित घर परिवारको लागि राहत प्रदान गरेको हो । संस्थाका अध्यक्ष नगेन्द्र कटुवालका अनुसार कटुवालहरु नेपाल अधिराज्यमा छरिएर बसेका कटुवालहरुलाई एकता गर्ने र देशविदेशमा रहेका कटुवालहरुमिली कटुवालहरुलाई माथि उठाउन सहयोग पु¥याउने संस्था भएकाले कटुवाल हातेमालो एकता समाज ले विभिन्न ठाँउबाट राहत संकलन गरि २५ हजार रुपैया बराबरको खाद्यन्न सामाग्री खाद्यान्न लत्ताकपडा लगायत दाल चिनी, च्यारङ, मसला, घरायसी आवश्यक पर्ने खानेकुरा र बस्नका लागि बासको व्यवस्ता गरेको बताए ।
त्यसै गरि राहत सामाग्री टोल, समितीलाई प्रदान गरिएको थियो । राहत वितरणमा संस्थाका सल्लाहाकारहरु लगायत संस्थाका अध्यक्ष नगेन्द्र कटुवाल सचिव अर्जुन कटुवाल, कोषाध्क्ष कुन्ति कटुवाल, सृजना कटुवाल, टिका कटुवाल, मुना कटुवाल, रन्जना कटुवाल, उमा राज कटुवाल लगायतले सहभागी रहेका थिए । हिन्दु नारीहरुको हरितालिका तिज विशेष कार्यक्रमको आयोजना गरि तिजको अवसर पारी कटुवाल हातेमालो समाज कटुवाल बन्धु समाज, अन्य कटुवालबाट राहत सहयोग संकलन गरी संस्थाका संस्थापक सदस्य गोबिन्द कटुवालले बताए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन