Advertize with us.............

यो वर्ष कमाईमा प्रियंका भन्दा दीपिका अघि

यो वर्ष कमाईमा प्रियंका भन्दा दीपिका अघि
अभिनेत्री प्रियंका चोपडाले बिगत एक वर्षमा १० मिलियन डलर अर्थात १ सय २ करोड कमाई गरेकी छिन् । चर्चित म्यागजिन फोब्र्सका अनुसार उनले जुन २०१६ देखि जुन २०१७ को बीचमा यो कमाई गरेकी हुन् । प्रियंकाले यो कमाई एबीसी शो र हलिवुड सिरियल क्वान्टिकोबाट गरेकी हुन् । स्पाई ड्रामा क्वान्टिकोको लागि प्रियंकाले हरेक सिजनको ३ मिलियन डलर अर्थात ३० करोड भन्दा बढी रुपैयाँ पारिश्रमिक लिन्छिन् ।
Priyanka-Chopra-5अन्य कमाईको स्रोत 
प्रियकांकाले ५० प्रतिशत रुपैयाँ एडोर्समेन्ट डिलबाट कमाएकी हुन् । उनले केही लग्जरी गहनाका अलावा केही मोबाईल कम्पनीका बिज्ञापनमा काम गरेकी छिन् । उनले एल वायएफ मोबाईलको बिज्ञापनमा काम गरेर एक मिलियन डलर अर्थात १० करोड २४ लाख कमाईन् । यो वर्ष प्रियंकाले हलिवुड सिनेमा ‘बेवाच’मा पनि काम गरिन् । यस सिनेमाले १ सय ७७ मिलियन डलर कमाई गरेको थियो । यसको नेपाली रुपैयाँ १८ सय ११ करोड भन्दा बढी हुन आउँछ । यसका साथै प्रियंकाले यहि वर्ष मराठी सिनेमा ‘वेंटिलेटर’ पनि निर्माण गरिन् ।
deepika_padukone_pics11-e1352283842261दीपिकाको कमाई कति ?
यो एक वर्षमा प्रियंकाको कमाई भन्दा दीपिकाको कमाई एक मिलियन डलर बढी छ । दीपिकाले यो एक वर्षमा ११ मिलियन डलर अर्थात १ सय १२ करोड कमाई गरेकी छिन् । दीपिकाले यो वर्ष हलिवुड सिनेमा ‘ट्रिपल एक्स द रिटर्न अफ जेन्डर’ केजमा काम गरिन् । यसका साथै उनले केही बिज्ञापनहरुमा काम गरेर पनि यो वर्ष कमाई गरेकी हुन् ।
यो वर्ष सबैभन्दा धेरै कमाउने बलिवुड अभिनेताको फोब्र्स सूचिको पहिलो नम्बरमा भने अभिनेता शाहरुख खान छन् । उनले यो वर्ष ३ सय ८८ करोड भन्दा धेरै कमाई गरेका छन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस