Advertize with us.............

विराटनगरमा छोरी जन्माउनेलाई तीन हजार पुरस्कार



विराटनगर,भदौ २६ गते । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ । महानगरको पहिलो सभाले बजेट सर्वसम्मत पारित गरेको हो। महानगर सभाले महानगरबासी दम्पतीको पहिलो सन्तान छोरी जन्मिएमा महानगरपालिकाबाट ३ हजार रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ । यस्तै विराटनगरलाई प्रदेशका राजाधानी बनाउन समेत पूर्वाधार विकास गर्ने योजना अघि सारेको छ । महानगरका मेरि भिम पराजुलीले छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस्तो निर्णय गरेको पराजुलीले बताउनु भयो । 
गर्भमै लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरूत्साहित गर्न महानगरले यस्तो कार्यक्रम प्रस्तुत गरेको उहाँ को भनाइ थियो । पराजुलीका अनुसार विराटनगरलाई प्रादेशिक राजधानी बनाउने अवधारणा अनुसार भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ । यसका लागि प्रादेशिक कन्फरेन्स हल, खेलकुदका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला र स्विमिङ पुल र क्षेत्र विशेषलाई पर्यटकीय स्थल बनाउने योजना राखिएका छन्।प्रादेशिक कन्फरेन्स हलका लागि सरकारले ३५ करोड रुपैयाँ निकासा गरिसकेको छ। महानगर सभाले करका दरमा वृद्धि नगरेको पराजुलीले जानकारी दिनु भयो । महानगर सभाले भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख र चालु खर्चका लागि २० करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ । विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको छ । महानगरसभाले परामर्शदाताका लागि पनि खर्च छुट्याएको छ । जसमा ८ करोड ५० लाख र सार्वजनिक निर्माणका लागि एक अर्ब ५४ करोड छुट्याइएको छ । पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायतका कुनै जनप्रतिनिधिको तलब र सेवा सुविधा भने तोकेन ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस