Advertize with us.............

नदी नियन्त्रणका लागि साँढे दुई अर्व माग

विराटनगर,भदौ २६ गते । 
जल उत्पन्न प्रकोप डिभिजन कार्यालयले मोरङ र सुनसरी जिल्लामा रहेका नदी एव खोलाहरुमा तटवन्ध गरी तत्काल रोकथामका लागि सरकारसंग २ अर्व ६५ करोड माग गरेको छ । साउनको अन्तिम साता आएको अविरल वर्षापछि दुई जिल्लाका स्थानीय खोलामा आएको वाढीले तहस नहस वनाएको वाधलाइ पुन निर्माण गरी खोला नियन्त्रणका लागि सो रकम माग गरिएको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालय विराटनगरका अनुसार मोरङका खोलाहरुमा तत्काल तटवन्ध गरी रोकथामका लागि १ अर्व २७ करोड ६४ लाख र सुनसरी जिल्लाका लागि १ अर्व ३७ करोड ६५ लाख रुपैया आवश्य पर्ने छ ।मोरङ जिल्ला तर्फ वक्राह,गछिया,चिसाङ,सिघिया लगायत ११ वटा र सुनसरी तर्फ वुढी,सुनसरी,सेरा,सेउती,सर्दु लगायत १२ गरी कुल २३ वटा खोलाहरुमा तत्काल तटवन्ध निर्माणका लागि डिभिजन कार्यालयले सिंचाई मन्त्री सञ्जय गौतम र सचिव रामानन्द यादवसहितको टोलीसमक्ष आवश्य वजेटको माग गरिएको हो । 
                                                                                    सप्तकोशी अनलाइनबाट
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस