इटहरी । सरकारले बालविवाह घटाउनका लावि बजेट छुट्याउनुका साथै विभिन्न कार्याक्रमहरु पनि सञ्चालन गरिरहेको छ । अझ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाले बालविवाह न्युनिकरणका लागि नेपालमा करोडौ खर्चिइरहेका छन् । तर सो कार्यक्रम लक्षित वर्गमा नपुगेको र प्रभावकारी नभएको सरोकारवालाहरु बताउँछन् ।
मोरङ बेलबारी-१ की सरिता ऋषिदेवले १२ वर्ष लाग्दै गर्दा विवाह गरिन । अहिले १८ वर्ष पुगेकी ऋषिदेवका दुइ छोरा समेत छन् । गंगा ऋषिदेवसँग विवाह गरेकि सरिताका अहिले ६ र ४ वर्षका छोरा छन् । अहिले उनी ज्यालादारी गरेर आफ्ना सन्तानको भरणपोषण गरिरहेकी छन् । भूमिहिन सरिताका श्रीमान कृषि मजदुरी गर्ने गर्दछन् । बाढीले घर बगाएपछि सरितासँगै अन्य पाँच घरपरिवार हाल बेलबारी-१ को अमनासिसौली सामुदायिक वन क्षेत्रमा शरण लिइरहेका छन् ।
सरिता त उदाहरण मात्र हुन्, अझै पनि धरै किशोरीहरुले सानैमा विवाह गरि सन्तान जन्माइरहेका छन् । सरकारले बालविवाह न्युनिकरणका साथै मातृशिशु सुरक्षा, परिवार नियोजनलगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । तर सरिताहरु जस्ता गरिबीमा रुमल्लिएका परिवारमा यस्तो कार्यक्रम पुग्न सकेको छैन ।
सरकारको नीति अनुसार बिहे गर्ने उमेर पुरा हुन सरिताले अझै २ वर्ष पर्खनु पर्छ । तर उमेर नपुग्दै दुई सन्तानकी आमा बनिसकेकी सरिताले आफूलाई बाबुआमाले ११ वर्षमै बिहे गरिदिएको बताइन् । उनका अनुसार अझै पनि ऋषिदेव समुदायमा किशोरी उमेरमै बिहे गर्ने चलन रहेको छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन