बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको वैवाहिक जीवनले आजदेखि ४४ औँ वर्ष पार गरेको छ । ४४ वर्ष अघि आजकै दिनमा मदन कृष्णले यशोदा सुवेदीसँग भागी विवाह गरेका थिए । एउटै अफिसमा काम गर्दा गर्दै एकअर्काको प्रेममा परेपछि मदन र यशोदाले भागी विवाह गरेका हुन् । उनीहरु भक्तपूरको सूर्यविनायक मन्दिरमा वैवाहिक बन्धनमा बाँधिएका थिए । मदन कृष्णले आफ्नो ४४ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर आफ्नो जीवनी समेटिएको किताब ‘महको म’ सार्वजनिक गर्दैछन् ।
मंगलबार होटेल याक एण्ड यतिमा विशेष कार्यक्रमका बीच ‘महको म’ सार्वजनिक हुँदैछ । लामो समय देखि सहकार्य गर्दै आएको मह जोडी मध्येका एक हरिवंश आचार्यले भने दुईवटा किताब सार्वजनिक गरिसकेका छन् । हरिले केही वर्ष अघि ‘चिना हराएको मान्छे’ सार्वजनिक गरेका थिए । उनको पहिलो पुस्तक पाठकले मन पराए । यसैको फलस्वरुप नै हरिवंशले आफ्नो जीवनका छुटेका कुरा र हरिबहादुर पात्रका कुराहरु समेटेर अर्को किताब ‘हरिबहादुर’ पनि सार्वजनिक गरे । उनको यो किताब पनि पाठकले रुचाएका छन् ।
‘महको ह को बारेमा चिना हराएको मान्छेका सबैले पढिसक्नु भएको छ । अब मेरो किताबमा ‘महको म’ को बारेमा हुनेछ । यस किताबमा मेरो बाल्य काल देखि कलाकारिता, वैवाहिक सम्बन्ध, सामाजिक संघसंस्थामा आवद्ध भएका कुराहरु समावेश गरिएको छ,’ मदन कृष्णले भने ।
सांगीतिक प्रस्तुतिका बीच ‘महको म’ सार्वजनिक हुँदैपहिलो पटक किताब सार्वजनिक कार्यक्रममा सांगीतिक प्रस्तुतिहरु पनि हुने भएको छ । कार्यक्रममा मदन कृष्ण, छोरा यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले गीत गाउने तयारी छ । मदन कृष्णकै शब्द रहेका गीतहरुमा मदन र यमनले आवाज दिनेछन् । खासमा मदन कृष्णको किताब ‘महको म’ को बीचबीचमा पनि प्रसंग अनुसार सुहाउने ठाउँमा गीतहरु छन् । उनको किताबमा झण्डै सात ठाउँमा गीत अटाएको छ । यहि कारण उनले किताब सार्वजनिक कार्यक्रमलाई पनि सांगीतिक बनाउँदैछन् ।
यस किताबमा उनले आफ्नो जन्म देखिका कुराहरु समेटेका छन् । जन्मेको ६ महिनामै आमा गुमाएका मदनले यस किताबमा आफू क–कस्को काखमा हुर्किएँ भन्ने कुराहरु पनि समेटेका छन् । त्यस्तै स्कुल जीवन, कलेज जीवन र प्रेम जीवन सबैलाई ‘महको म’ मा पढ्न पाइने छ ।
किताबका बारेमा हामीसँग कुरा गर्दै मदनले भने, ‘शुरुमा मलाई के लेख्ने भन्ने भएको थियो । तर जब लेख्दै गएँ मेरो जीवनका कुराहरु लेखेरै नसकिने जस्तो भयो । ’
सयौँको सङख्यामा नेवारी गीत र ५० बढी नेपाली गीतमा आवाज दिएका मदनकृष्ण हाँस्य कलाकारका साथै गायकको रुपमा पनि स्थापित छन् । नेवारी भाषामा उनले गाएका प्राय गीतहरु नेवार समुदायमा हिट छन् । उनका नेवारी गीतहरु बिना भिडियो नै प्राय श्रोताको कानमा पुगेका छन् ।
सयौँको सङख्यामा नेवारी गीत र ५० बढी नेपाली गीतमा आवाज दिएका मदनकृष्ण हाँस्य कलाकारका साथै गायकको रुपमा पनि स्थापित छन् । नेवारी भाषामा उनले गाएका प्राय गीतहरु नेवार समुदायमा हिट छन् । उनका नेवारी गीतहरु बिना भिडियो नै प्राय श्रोताको कानमा पुगेका छन् ।
मदन कृष्णका छोरा यमन श्रेष्ठ पनि गायक तथा हाँस्यकलाकार हुन् । यमन यतिबेला हाँस्य टेलिश्रृङखला ‘खासखुस’मा काम गरिरहेका छन् । त्यस्तै उनले केही हाँस्यव्यङग्य गीतहरु पनि गाएका छन् । उनले गाएका गीतहरु मध्ये, कुरा काट्यो, बुरुक्क लगायत चर्चित छन् । अमेरिकामा भएका यमन झण्डै पाँच वर्ष अघि आमा बिरामी भएका कारण नेपाल फर्किएका हुन् । नेपाल फर्किएपछि उनी पूर्णरुपमा कलाकारितामा सक्रिय छन् ।
मदनकी छोरी सराना श्रेष्ठले पनि केही गीतमा आवाज दिएकी छिन् । अमेरिकामा बस्दै आएकी सराना आमा बुवाको वैवाहिक वर्षगाँठ र किताब सार्वजनिकको विशेष अवसर पारेर नेपाल आएकी छिन् । उनी १० दिनको लागि नपाल आएको बुझिएको छ । महको म सार्वजनिक कार्यक्रममा सरनाले पनि सांगीतिक प्रस्तुति दिने भएकी छिन् । अमेरिका जानु अघि उनले केही गीतहरुमा आवाज दिएकी छिन् भने आफ्नै निर्देशनमा अभिनय पनि गरेकी छिन् । सरानाले गाएको पहिलो दिन निकै लोकप्रिय छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन