विराटनगर,भदौ २० गते । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था कटारी सेवा केन्द्रले बाढी पीडितहरुका लागि एक दिन निशुल्क स्वास्थय शिविर आयोजना गरेको छ । नोवेल अस्पतालको प्रावीधिक
सहयोगमा कटारी स्थित आनन्द प्राथमिक बिद्यालयमा स्वास्थय शिविर सञ्चालन गरेको हो । शिवरमा ३ सय ५५ जनाले स्वास्थ्य जाँच गराएका थिए । बाढीका कारण बिभिन्न खाले रोग लागेको हुनाले माहामारी फैलन नदिन स्वास्थ्य शिवर सञ्चालन गरिएको कटारी सेवा केन्द्रका प्रबन्धक ओम साहाले बताउनु भयो । उहाँले बाढी प्रभावीत क्षेत्रमा बिभिन्न खाले रोग फैलिएकाले बिपन्न समुदायको स्वास्थ्य सुरक्ष ागर्न कार्यक्रम गरिएको बताउनु भयो । शिविरमा नोबेल अस्पतालका फिजिसियन, बाल रोग बिशेषज्ञा, महिला रोग बिशेषज्ञाहरुले स्वास्थ्य जाँच गर्नु भएको थियो ।



परिवर्तनपरिवर्तन इमोसनइमोसन