पुण्यप्रसाद लामा
काठमाण्डौं । तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका लागि स्थापित तामाङ फाउण्डेसन नेपालले काठमाण्डौंमा एक कार्यक्रमका विच घोषणासभा सम्पन्न गरेको छ ।
कार्यक्रममा तामाङ भाषा साहित्य कला संस्कृति झल्किने विभिन्न झाँकी एवं गीत संगीतको आयोजना तामाङ समुदायका विशिष्ट कलाकरहरुले प्रस्तुती थिए । घोषणसभामा बाल गायिका जिग्मे छ्योकी घिसिङ लगायत लामा,बोम्बो र ताम्बाको प्रस्तुति बेजोड रहेको थियो ।
घोषणा सभामा फाउन्डेसनले तामाङको विषयमा विभिन्न विदेशीले गरेको अनुसन्धान एवं खोज केवल देखावटी मात्र भएको र यसले तामाङ ईतिहाँस र मौलीकतालाई समेट्न नसकेको जनाउँदै तामाङ आफैले आफ्नो विषयमा खोज एवं अनुसन्धान गर्ने जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ लालध्वजले तामाङको ईतिहाँसको सवालमा हामीले खोज एवं अनुसन्धान गर्न आवश्यक भएको वताउनुभएको थियो ।
घोषधासभामा तामाङ कथानक चलचित्र ख्लासी अनिउ को शुभ मुहर्त पनि भएको छ ।
संस्थाका अध्यक्ष अरुण घिसिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका महासचिव सुदिन दोङले संचालन र स्वागत मन्तब्य सस्थको उपाध्यक्ष अल्फा लामाले गरेका थिए ।
तामाङ दर्शनको प्रतिबेदन प्रस्तुत सस्थाको केन्द्रीय सदस्य सिङ्ग मोक्तान, सस्थाको घोषणा पत्र प्रस्तुत सस्थाको केन्द्रीय सदस्य बाबुलाल स्याङ्तानबाट भएको थियो ।
कार्यक्रममा लोक गायक चन्द्र कुमार मोत्तान , तेमाल गाउँपालीकाका अध्यक्ष सलाम सिंह तामाङलगाएतका वत्ताले संस्थाको सफलताको शुभकामना दिएका थिए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन