भद्रपुर, २६ भदौ । नेपाल बार एसोसियसन झापा इकाइको आयोजना तथा यसैअन्तर्गत रहेको क्षमता अभिवृद्धि समितिको संयोजनमा विद्युुतीय कारोबार ऐन २०६३ सम्बन्धी एक दिवसीय प्रशिक्षण झापाको भद्रपुरमा आइतबार सम्पन्न भएको छ ।
ताप्लेजुङका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले सो विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
समिति संयोजक यज्ञलक्ष्मी चौलागार्इंको अध्यक्षता तथा कानून व्यवसायी बेनु सिटौलाको सञ्चालनमा सम्पन्न कार्यक्रमममा वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, बारका अध्यक्ष सुरज खत्री लगायतका ५० जनाभन्दा बढी कानून व्यवसायीसहित सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण
झापाको भद्रपुर निवासी देव परिवारद्वारा स्थापित सौतिकदेव छात्रावृत्ति पुरस्कार वितरण भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
सौतिकदेवको १०औँ स्मृति दिवसका अवसर पारेर सारदा आधारभूत विद्यालय भद्रपुरको संयोजन तथा सौतिकदेव स्मृति छात्रवृत्ति वितरण व्यवस्थापन समितिको आयोजनामा सो पुरस्कार वितरण गरिएको हो ।
स्रोत केन्द्रस्तरीय सामुदायिक विद्यालयमध्ये वीरेन्द्र मावि चन्द्रगढीमा अध्ययनरत विसं २०७३ को कक्षा ८ उत्तीर्ण उत्कृष्ट तीन जना छात्राछात्रलाई सो छात्रवृत्ति वितरण गरिएको छ ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सर्वोउत्कृष्ट हुने छात्र सुरेन्द्र शर्मा, आसुतोष पौडेल र छात्रा अनुसा बस्नेतलाई नगद पुरुस्कारसहित छात्रवृत्ति प्रदान गर्नुभयो ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन