Advertize with us.............

धरान जेसिसकाे जेसिस सप्ताह शुरु

धरान, ८ भदौ / धरान जेसिसले जेसिस सप्ताह शुरु गरेको छ । भाद्र ८ देखि १४ गते अर्थात अगस्त २४ देखि ३० सम्म धरान जेसिसले विविध कार्यक्रमको आयोजना गरी जेसिस सप्ताहको आयोजना शुरुवात गरेको छ । व्यक्तित्व, नेतृत्व विकासमा महत्पूर्ण योगदान पु¥याउदै आएको धरान जेसिसले धरानको भानुचौकमा रहेको लोकतान्त्रिक चौतारीमा सप्ताहको उद्घाटन कार्यक्रमको आयोजना ग¥यो । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख डिआइजी जानकीराज भट्टराइले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने विश्व साइकल यात्री पुष्कर साहको संलग्नतामा धरानका साइकलिङ्ग क्लब, युवाहरुको सहभागितामा साइकल ¥यालीको आयोजना समेत गरिएको थियो ।
सोही कार्यक्रममा विश्व साइकल यात्री साहलाई सम्मान समेत गरिएको थियो । जेसिस सप्ताह कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु भएका डिआइजी भट्टराईल जेसिसले युवा नेतृत्व विकासमा ठूलो योगदान पु¥याएको बताउदै युवाहरुलाई सही मार्गमा हिडाउन सके देशको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै विश्व साइकलयात्री पुष्कर साहले धराने युवाहरुको साइकलप्रतिको रुचिलाई ध्यानमा राखी जेसिसको कार्यक्रमको आएको बताउदै जेसिस सप्ताह कार्यक्रमलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा जेसिस सप्ताहकी संयोजक सुमित्रा राईले एक हप्ताभरि हुने कार्यक्रमको तालिकाबारे जानकारी दिनुभएको थियो । धरान जेसिसका अध्यक्ष सन्दिप राईका अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, बराह ज्वेलरी इण्ष्ट्रिज प्रा.लि.का प्रशासकीय अधिकृत गंगा कालिकोटे, विभिन्न साइकलिङ्ग ्क्लबका युवाहरु, जेसिसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस