Advertize with us.............

बादशाहो’ को नयाँ गीत ‘होसियार रहना’

1029546492Baadshaho_New_folk_song
काठमाडौं । मल्टिस्टारर मुभी ‘बादशाहो’ को नयाँ गीत सार्वजनिक गरिएको छ । गीत रिलिज हुनेबित्तिकै दर्शकले निकै मनपराएका छन् । यो गीत सोसल मिडियामा ट्रेन्ड हुन थालेको छ ।
चलचित्रको यो गीत मूल रूपमा अजय देवगन र इमरान हाशमीमाथि छायांकन गरिएको छ । तर यो गीतमा अन्य पात्रहरू पनि देखिएका छन् । यो गीतलाई अजय देवगनले आफ्नो ट्विटर एकाउन्टमा पनि राखेका छन् । उनले गीत सेयर गर्दै भनेका छन्, “आवत–जावत नजर नहीं आवे, भितर घुम घुमावेगा, होशियार रहना रे नगर में चोर आवेगा ।” (हिँड्नेडुल्ने गरेको देखिँदैन । भित्रभित्रै घुम्छ, होसियार बस्नु है नगरमा चोर आउँदैछ ।)
चलचित्रको यो गीत परम्परागत लोक गीत हो । यसका साथै गीतको शब्द पनि परम्परागत नै छ । चलचित्रको यो गीतमा देखाइएजस्तै अजय देवगन र इमरान हाशमी सुन चोर्न तयारी गर्छन् । गीत नीरज आर्या कबीर कैफेले गाएका छन् । चलचित्रमा अजय देवगन र इमरान हाशमीसँगै ईशा गुप्ता, इलियाना डिक्रुज र  विद्युत जामवाल पनि मुख्य भूमिकामा छन् । चलचित्र १ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस