Advertize with us.............

सुनसरीमा एकै दिन समातीए दश फरार अपराधी

इनरुवा। सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् । कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी, अशोक माझी, शुकनारायण माझी, सुनिल विष्ट र सुयोग कार्कीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी निरीक्षक शान्तबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला अदालत सुनसरीले आग्रह गर्दै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई पक्राउ गरी सहयोग गर्न गरेको आग्रहअनुसार पक्राउ गरेर अदालतलाई बुझाएको इप्रका पकलीले जनाएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस