Advertize with us.............

इटहरीलाई हराभरा बनाउनेछु'

                          सुनसरी जिल्लाको इटहरीमा    सरस्वतिप्रसाद र दुर्गादेवि रिजालको कोखबाट २०२०सालमा   जन्मनर भएका विष्नु रिजाल हाल इटहरी उपमाहानगरपालीका वाड नं. ६वडाध्यक्ष पदका आकाँक्षी उम्मेदवारहुनहुन्छ । सरस्वति पार्टी प्रोपाइटर, जीवन विज्ञान केन्द्र इटहरीको अध्यक्ष, ज्योतिष परामर्स केनद्र प्रदेश नं. १का सल्लाहाकार, अविरल साकसको सल्लाहकार, एचके युवा क्लव इटहरी हाटखोला को सल्लाहकार, समाजविकास केन्द्र नेपालको सल्लाहकार, लायन्सक्लव इटहरी सदस्य, राष्टिय प्रजातन्त्र पार्टी इटहरी उपमहानगर समिति सदस्य, इटहरी उधोग वाणिज्य संघ सदस्यलगायत विभिन्न संघ सदस्यलगायत विभिन्न संघ सस्थामा रहेर काम गर्नु भयको छ । रुकमाया रिजाल संग २०७४ सालमा बैबावहीक सम्बन्ध गास्नु भयका रिजालका एक छोरा र एक छोरी छन् । रिजालसँग यस साप्ताहिकका प्रतिनीधीले जेठ ३१ गते हुनगइरहेको दोस्रोचरणको स्थानिय निर्वाचानमा इटहरी उपमहानगरपालिका वडा नं ६ को वडाध्यक्ष पदको आकाँक्षी भयकाले सो सम्बन्धमा वहाँले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरियको छ ।
   तँपाई आगामी जेठ३१ गते हुने निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं ६ (साविक वडा नं १) को वडाध्यक्ष पदको आकाँक्षी हुनु हुन्छ भन्ने सुन्नमा आएको छ नि ?
   हो, आउदो जेठ ३१ गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा म इटहरी उपमहानगरपालीका वडा नं ६ को वडाध्यक्षको आकाँक्षी उमेदवार हुँ । मलाई राष्ट्रिय प्रजतन्त्र पार्टिले वडाध्यक्ष पदकालागि टिकट दिइ सकेको   छ ।
 तपाइका चुुनावि एजेण्डाहरु के के छन त ?

   म इटहरी उपमहानगरपालिका वडा नं ६ को वडाध्यक्षमा विजयी भएँ भने सर्वप्रथम म इटहरीमा सानो पानी पर्दा पनि इटहरी बजार डुवान हुने    समस्यालाइआधुनिक ढङ्गले ढल निकास निर्माण गरेर इटहरी जलायमान हने, घर कोठाहरुमा पानिपसेर इटहरीवसीको विजोक हुने समस्यालाई सामधान गर्नछु । इटहरीमा ट्राफिको व्यास्थापन राम्रो नहँुदा सवारी चालकले धेरै दुर्घटना गराएको अवस्था छ । यसका लागी चालकहरुलाई र वटुवा हरुलाई टाफिक सम्बन्धि छुट्टाछुट्टै तालिम दियर तथा सचेतना मुलक कार्यक्रम ल्याएर दुर्घटनालाई न्यनीकरण गरिने छ । साथै सडकको साइटमा सोलार बत्ती जडान गरी २४ सै घण्टा विधुतको आपूर्तिको व्यावस्था मिलाई सडकमा सीसी क्यमेरा जडान गरीने छ।
  इटहरीको विकास निर्माणमा तपाईको योजनाहरु केके छन् ?अन्यके कस्ता कार्यहरु गर्न योजना छ त ?

  इटहरीमा कालो पत्रे बन्ने क्रम र भत्किने क्रम चलिरहेको छ, मेरो विचारमा सडक निमाणमा व्यापक कमिसन तन्त्र मौलायको छ । यदि मैले निर्वाचनमा हासील गरे भने सडक निर्मान लगायत विभिन्न हुने कमिसनको अन्त्य गरी इटहरी वडा नं ६ का भित्री सडक हरु सबैमा गुणस्तरीय कालोपत्रे गर्नृ प्रतिबद्धता जनाउँदछु । त्यसैगरी, शान्ती सुरक्षा ठाऊँ–ठाउँमा प्रहरी विट राख्ने, आवस्यक्ता अनुसार प्रहरी गस्तीको व्यवस्था, मिलाई रात्रीको १० बजे सम्म निर्ढुक्क साथ व्यापार गर्ने व्यावस्था मिलाउने छु । गरिव दुखी असक्तहरुकालागि नि.शुल्क छ । मलाई विस्वास गरी जिताएको खण्डमा इटहरी बजारलाई सुन्दर, सफ, सभ्य र हराभरायुक्त शहर बनाउनेमा मेरो  हरबखत प्रयास हुने छ ।
 अन्त्यमा अन्य केही भन्नु हुन्छ कि ?
    म वडा नं ६ निवासी बुबा आमा, दाजु,दिदिबहिनीहरुमा विनम्रतापुर्वक अनुरोध गर्दछु की मलाई इटहरी उपमहानगरपालिका वडा नं ६को वडाध्क्ष पदको आकाँक्षी उमेदवार भयकोले मेरो बुबा सरस्वती रिजालको समयदेखि इटहरीको विकास निर्मानमा सहयायोग गर्दै आयको कुरालाई हृदयगमगरी २००७ साल देखि हाम्रो परिवरले इटहरीको उन्नती र प्रगतीमा गरेको कामको सहि मुल्याङ्कन गरी जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनमा मलाई तपाईहरुको अमुल्य भोट दियर तपाईहरुको सेवा गर्ने मौका दिनु हुन्छ भन्ने आस र विस्वास विस्वास लिएको छु  म तपाईतपाईहरुका चिरपरिचीत भएकाले म तँपाईहरुको भावना अनुसार निश्पक्ष ढंगले काम गर्नेछु र तपाईँहरुको सुझाभ र सल्लाहालाई सिरोधार्य गरेर विकास निर्माण कार्य गर्द, शान्ती सुरक्षा स्थापना गर्ने कार्यमा ऐक पटक अवसर दिनु हुनेछ भन्ने विश्वास गरेको छु । मैले काम गर्दा निस्वार्थ भावनाले इटहरी सहर र इटहरी वासीको हितमा काम गर्ने छु भन्ने विस्वास दिलाउन चाहान्छु ।



अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस