Advertize with us.............

मेरो उम्मेद्वारी विकास र निकासका लागी

  
पुर्वाञ्चलको ढोकाको रुपमा रहेको इटहरी शहरलाई हरित नगरीका रुपमा विकास गर्न, सुन्दर, सफा शहरका रुपमा विकास गर्न आवश्यक देखिएकाले आगामी २०७४ जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मैले वडा नं ६ (साविक वडा नं १) बाट वडाध्यक्षको उम्मेदवारी दिन लागेको छु र मलाई विश्वास छ वडा नं ६ मा बसोबास गर्ने बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुले मलाई अमुल्य भोट दिएर विजयी गराउनु हुने छ ।
 तपाईहरुको अमुल्य मतले मलाई विजयी गरएको खण्डमा म इटहरी उपमहानगरपालिका वडा नं ६ मा आमुल परिवर्तन ल्याउने विश्वास दिलाउन चाहन्छु । तपाईहरुलाई थाहा भएकै हो, २००७ सालदेखि मेरा पिता          इटहरीमा बसोबास गर्दै आउनु भएको हो र इटहरी शहरलाई व्यवस्थित गर्नमा मेरो परिवारले जहिले पनि योगदान दिँदै आएको छ ।
म वडा नं ६ को वडाध्यक्ष पदमा विजयी भएँ भने सर्वप्रथम म इटहरी बजारमा सानो पानी पर्दा बजार डुबान हुने समस्या छ । यो समस्यालाई आधुनिक ढलको व्यवस्थापन गरी समस्या समाधान गर्ने छु ।
 इटहरीमा ट्राफिकको व्यवस्थापन राम्रो नहुँदा सवारीचालकले जटाभावी सवारी चलाउने गरेकाले दुर्घटना हुने गरेको छ । यसका लागि २४ सै घण्टा विद्युत आपुर्तिको व्यवस्था मिलाई सीसी क्यामेरा जडान गरी ट्राफिक नियम पालना गराउन जनचेतना अभियान चलाई दुर्घटनालाई न्युनीकरण गरिने छ ।
 बजारलाई व्यवस्थित बनाउने र सरसफाइको दिगो रुपमा व्यवस्थापन गर्ने ।
 इटहरीमा कालोपत्रे सडक बनेको २ महिना नबित्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेकाले सडक निर्माणमा कमिसन तन्त्रको अन्त्य    गरी भित्री सडकहरु सबैमा गुणस्तरीय कालोपत्रे गर्ने ।
शान्ति सुरक्षाका लागि ठाउँ–ठाउँमा प्रहरी बिट राख्ने र आवश्यकताअनुसार प्रहरी परिचालन गरी रात्रीको १० बजेसम्म निर्ढुक्क साथ व्यापार सञ्चालन गर्ने वातावरण बनाइने छ ।
 गरिब–दुःखी, अशक्तहरुका लगि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाइने छ । म विष्णु रिजालले खोलेका सरस्वती पार्टी प्यालेस    इटहरीको पहिलो पार्टी प्यालेस हो र हाल रिजाल्स भिजन पार्टी प्यालेस पनि सञ्चालनमा रहेको छ ।
 मैले वडाध्यक्षमा विजय गरेको खण्डमा  यी माथि उल्लेख गरेका कामहरु फत्ते गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वडा नं ६ का अध्यक्ष पदका उम्मेदवार विष्णू रिजाल जीवन विज्ञान केन्द्र इटहरी अध्यक्ष, ज्यातिष परामर्ष केन्द्र प्रदेश नं १ सल्लाहकार, अविरल बचत तथा ऋण सहकारी संस्था लि. इटहरी सल्लाहकार, एचके युवा क्लब      इटहरी (हाटखोला) सल्लाहकार, समाज विकास केन्द्र नेपाल सल्लाहकार, लायन्स क्लब इटहरी सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल इटहरी उपमहानगर सदस्य लगायत दर्जनौं संघसंस्थामा आबद्ध हुनू हुन्छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस