उक्त तालिममा महिलालाई फोहोर शौचालयमा उभिएर कसरी पिसाब गर्ने भन्ने बारे जानकारी दिइने बग्रीन पार्टी धेरैजसो सामाजिक र राजनीतिक मुद्दामा चर्चाका लागि ‘विमिंज ब्रेकफास्ट’ को आयोजना गर्ने गर्दछ । अर्को हप्ता शनिबार पनि यस्तै एक बैठकको आयोजना हुँदैछ । पार्टीका अनुसार उक्त बैठकमा ‘मूत्राशयसँग जोडिएको समस्या’ बारे कुराकानी गरिनेछ ।
महिलालाई संगीत महोत्सव, खेल आयोजना र विभिन्न प्रकारका सार्वजनिक कार्यक्रममा उभिएर पिसाब गर्ने तरिकाबारे सिकाइने पार्टीले बताएको छ । ग्रीन पार्टीका अनुसार महिला फोहोर सार्वजनिक शौचालयमा पनि यो तरिकालाई प्रयोग गरेर पिसाब फेर्न सक्छन् र थप समस्याबाट बच्न सक्छन् ।
बैठकका आयोजकका अनुसार महिलालाई उभिएर पिसाब फेर्न सम्भव बनाउनका लागि सजिलो तरिकाले कस्तो उपकरण बनाउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी हुनेछ । स्थानीय पार्षद र ग्रीन पार्टीकी सदस्य मार्था गुन्जेलले यो कार्यक्रमको विषयमा अनलाइनमा जति पनि कुरा भइरहेको छ त्यो देखेर सबै आयोजक निकै अचम्ममा रहेको बताएकी छिन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन