Advertize with us.............

जेठ १५ मा कामचलाउ बजेट ल्याउन तीन दल सकारात्मक

नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार अबेर भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।

नेताहरुका अनुसार जेठ १५ मै कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक पुगेका छन् ।
यद्यपि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ ।
बैठकमा सहभागी एक नेताले भने, ‘बजेट कामचलाउ भएपछि अडान छाडेको जस्तो देखिन्छ ।’
दोस्रो चरणको चुनाव जेठ ३१ मै !
जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच केही दिनअघि सिंहदरबारमा भएको भेटमा पनि यसबारे कुराकानी भएको थियो । र, माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले अन्य दलसँग परामर्श गर्ने जवाफ दिएका थिए ।
तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ ।
अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपि यसबारे दलहरु छलफलमै रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको एक नेताले बताए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस