Advertize with us.............

बुढेसकालमा साथ दिने एमाले मात्र हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनपछि आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । अध्यक्ष ओलीले बहुमतको सरकार बनाएपछि एमालेले राष्ट्र निर्माण कसरी गर्ने भन्ने कुराको नमूना प्रर्दशन गर्ने पनि बताए ।
सोमबार पार्टीको तर्फबाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले तयार पारेको चुनावी घोषणापत्रलाई लगनटोलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै मुलुकलाई निर्माण गर्ने भएकाले जनताले स्थानीय तहको निर्वाचनमा पनि साथ दिने दावी गरे ।

अध्यक्ष ओलीले भने ‘काँग्रेसका वृद्धबृद्धाहरुले पनि एमालेमा भोट हाल्नुहुन्छ भन्ने मलाई विश्वास छ । बुढेसकालमा वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी एमाले मात्रै भएकाले पनि एमालेप्रतिको विश्वाश बढेको छ । ’ काँग्रेसलाई काम नलाग्ने पार्टीको संज्ञा दिदै ओ्लीले काँग्रेसले सरकार चलाउँदा देशमा लुट मात्रै मच्याएको आरोप लगाए । भने ‘ काँग्रेसले छाला जुत्ता कारखाना, भृकुटी कागज जस्ता स्वदेशी उद्योग धन्दा बचेर खायो ।’
अध्यक्ष ओलीले तुफानी बेगका साथ निर्वाचन अभियानमा जुटन पार्टीका नेता कार्यकर्ता पनि निर्देशन दिए । उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त नगर्न पार्टीका कार्यकर्तालाई सचेत गराउदै ओलीले कम खाएर, कम आराम गरेर भएपनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन लागि पर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस