पहिलो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन सकिएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार विहान १० बजेबाट सुरु भएको थियो ।
प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो स्थानीय तह निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा सञ्चालन हुने यस निर्वाचनमा उक्त तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हँुदैछ ।

यसैगरी, महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ ।
साथै कुल २५९८ वडाका लागि चार सदस्यका दरल १०,३९२ वडा सदस्य पदका लागि मनोनयन हुने छ । २५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुनेछ ।
प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।
राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई उत्साहपूर्वक लिनुभएको छ ।
वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन