फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डसँग आज छलफल गरी गच्छदारले अहिले पार्टीको बैठक बोलाएका छन् । त्यही बैठकपछि उनको सपथग्रहण आज हुने वा नहुने टुंगो लाग्ने छ ।
गच्छदारले यसअघि विभिन्न चरणमा प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी गरेका थिए ।

केही दिनअघि पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच कुराकानी भएको थियो ।
यही वैठकमा सरकारमा सहभागी हुने विषयमा सहमति बनेको स्रोतको दावी छ ।
गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थानीय विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन