सुनसरीको इटहरीमा रहेको नमुना कलेजले
कलेजमा अध्ययनरत बिद्यार्थीलाई प्रशिक्षित गरेको छ। कलेजले एकदिने आमसञ्चार
र पत्रकारिता बिषयक सेमिनार गरेर बिद्यार्थीलाई प्रशिक्षण प्रदान गरेको
हो।

एकदिने सेमिनारमा बिद्यार्थीलाई आमसञ्चार र
पत्रकारिताका बारेमा प्रशिक्षक डा. भानुभक्त आचार्यले सहजीकरण गर्नुभयो।
कार्यक्रममा आचार्यले नमुना कलेजका ८० भन्दा बढी बिद्यार्थीलाई आमसञ्चार र
पत्रकारिता अध्ययनको फाइदा, यसले जीवनमा पर्ने प्रभाब र यो बिषयको क्षेत्र
साथै अवसरका बारेमा प्रशिक्षण प्रदान गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ
सुनसरीका अध्यक्ष अमर खड्का, कलेजका अध्यक्ष केशव खड्का, क्याम्पस प्रमुख
धर्म न्यौपाने, शिक्षक कमल पौडेल, पत्रकार शेखर ढकाल पूर्वी खबरका प्रबन्ध
निर्देशक एवं प्रधान सम्पादक त्रिलोचन पौड्याल लगायतको उपस्थिति थियो।
तीनघण्टा चलेको सेमिनारले पत्रकारिताको
क्षेत्रमा आउने बिद्यार्थीलाई सहयोग गर्ने कलेजले जानकारी दिएको छ।
बिद्यार्थीलाई अथिति प्राध्यापकबाट शिक्षण गराउँदा त्यसले प्रभावकारी
भूमिका खेल्ने क्याम्पस प्रमुख न्यौपानेले बताउनुभयो। पत्रकारिता
क्षेत्रलाई रोजेर भबिष्य खोज्दै आएका बिद्यार्थीलाई यस्ता सेमिनारले अझ
सहयोग पुर्याउने प्रशिक्षणमा सहभागी बिद्यार्थीले बताएका छन।
पत्रकारिताका ज्ञाता मानिने आचार्यले स्नातक तहमा पढाई हुने आमसञ्चार र पत्रकारिताका महत्वपूर्ण पुस्तक समेत प्रकाशित गर्नुभएको छ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन