मंगलबार २ जेठ २०७४ इटहरी-
इटहरीस्थित जनता बहुमुखी क्याम्पसका
अनेरास्ववियु अध्यक्ष किरण बिष्टमाथी कलेज परिसरमै हमला भएको छ। बिहान
आठबजे कलेज प्रवेश गर्दागर्दै बिष्ट माथी हातपात भएको हो।
सोहि कलेजमै पढ्ने संजय राई र बसन्त राईले
बिष्टलाई आक्रमण गरेका हुन। कलेज छिर्नासाथ दुईजनाले एक्कासी हातपात गरेको
बिष्टको भनाई छ। हातपातबाट उनको हात, खुट्टा र आँखामा चोट लागेको छ।
बिष्टले स्ववियूमा उनीहरुले भनेका मान्छेहरु समावेश नगराएको आरोपमा आँफु
कुटिएको भन्दै बिष्टले स्ववियुमा अखिलले भनेका हैन जनमतले भनेका मान्छेहरु
चुनिने बताउनुभयो।
जनता क्याम्पसको बिबिएस दोश्रो बर्षका
बिद्यार्थी संजय राई र शिक्षाशास्त्र संकाय तेश्रो बर्षका बसन्त राईले
आफ्ना अध्यक्षलाई हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन। झगडा बिना नै
अचानक हातपात भएको भन्दै प्रत्यक्षदर्शी बिद्यार्थीले यो घटना प्रशाशनले
आफ्ना बिद्यार्थीमाथी सुरक्षाको प्रत्याभुती दिन नसकेको लाचार उदाहरण भएको
बताउँछन।
पिडक पक्रन खोज्दा प्रशाशनले दिएन : प्रहरी
कुटपिटको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय इटहरीको टोलीलाई
क्याम्पस छिर्न नदिएको अनेरास्ववियूले गुनासो गरेको छ। इलाका प्रहरी
कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीले पनि आफूलाई कलेजले
आन्तरिक मामिला भन्दै कलेज हाता छिरेर बिद्यार्थी पक्रन नदिएको बताउनुभयो।
सुवेदीले आँफुहरु सोही बिषयमा छलफलमा रहेको र निवेदन पनि आएकोले कुटपिटमा
संलग्नलाई खोज्ने बताउनुभयो।
विद्यार्थीलाई हातपात र ढुंगा हानेको
देख्दापनि प्रहरीलाई कलेज प्रवेश गर्न नदिएर क्याम्पस प्रशाशनले
दण्डहिनतालाई प्रसय दिएको अनेरास्ववियू सुनसरीका प्रभावशाली नेता जिबी
गजलले बताउनुभयो। उहाँले क्याम्पसको झगडामा प्रहरी छिर्नु हुन्न भन्ने
तर्कले दोशीलाई पक्राउ गर्न कलेजले रोकेको बताउनुहुन्छ। गजलले यदि भोलिका
दिनमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठलाई पनि कसैले हमाला गर्यो भने त्यो
अवस्थामा पनि उहाँले कलेजको आन्तरिक मामिला भन्दै प्रहरीलाई प्रवेश गर्न
दिनुहुन्छ कि हुन्न?भनेर प्रश्न गर्नुभएको छ।
अनेरास्ववियुका केन्द्रिय सदस्य एकराज
दाहाल र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य हेमसागर
तिम्सीनाले समेत कलेजमा हुने अपराधजन्य गतिविधिलाई आन्तरिक मामीलाको
बहानामा संरक्षण गर्न नहुने बताउनुहुन्छ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन