Advertize with us.............

नेताको छोराको पेस्तोल समात्ने एसपी हेड्क्वार्टर तानिए

Related imageजेठ ३, काठमाडौं– धादिङ्गको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेदवार रण बहादुर तामाङ्गको छोरालाई पेस्तोल सहित पक्राउ गरेर मुद्दा चलाउन खोजेपछि एसपी शरद खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

  वैशाख २९ गते कांग्रेस उम्मेदवार रण बहादुरको छोरा युल छिरिङ्ग तामाङ्गको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि प्रहरी उनलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।

युल तामाङ्ग र उनका साथी जय कुमार तामाङ्गलाई हात हतियार खरखजाना मुद्दा चलाउने तयारी गरेपछि गृहमन्त्री विमलेन्द्र निधीको आदेशले खत्रीलाई हेड्क्वार्टर तानिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
युल तामाङ्ग पक्राउ परेपछी रातोपाटीसँग कुरा गर्दै एसपी खत्रीले उनीमाथी हातहतियार तथा खरखजाना मुद्दा चलाइने बताएका थिए ।

एसपी खत्री प्रहरी प्रधान कार्यालय तानिएसँगै कामु प्रमुख जिल्ला अधिकारी उमेश ढकालले युल तामाङ्गलाई उन्मुक्ति दिने तयारी गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । सह–सचिवको दरबन्दी भएपनी उप–सचिव ढकाललाई गृहमन्त्री निधीले धादिङ्गको कामु प्रजिअ बनाएर पठाएका थिए ।

एसपी खत्रीलाई तान्नुको कारणबारे प्रतिक्रिया लिनका लागी सम्पर्क गर्दा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल सम्पर्कमा आउन चाहेनन् ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस