प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग भेटगरी उहाँले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्तावका कारण स्थानीय तहको निर्वाचनको प्रभावित नहुने बताए ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष ओलीले भने बजेटपछि निर्वाचन गर्न नमिल्ने अडान दोहो¥याउनु भएको थियो । नि
र्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने वातावरण निर्माणका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भेट गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
उनले प्रधानन्यायाधिश विरुद्धको महाअभियोग प्रस्तावले निर्वाचनलाई प्रभावित नतुल्याउने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार स्थानीय तहको निर्वाचनको पहिलो चरणको उम्मेदवारी मनोनयनको काम सम्पन्न हुने र जेठ ३१ गते निर्वाचन सम्पन्न हुने दावी पनि गरे ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै सभामुख ओनसरी घर्तीसँग पनि भेटगरी प्रधानन्यायधिश कार्की विरुद्ध लगाइको महाअभियोग प्रस्तावले निर्वाचनलाई कुनै असर नगर्ने बताएका थिए ।
प्रधानमन्त्री दाहालले सोमबार विहानै राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटगरी प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावले निर्वाचनको वातावरण नविगार्ने प्रष्टिकरण दिएका थिए ।
कार्यपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गरेकाले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाउनु परेको सत्तारुढ ठूला दुई दल काँग्रेस र माओवादी केन्द्रको दावी छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन