Advertize with us.............

राप्रपाका ‘विद्रोही’ सांसदमाथि कारबाहीको तयारी

Image result for photo of raprapa flag राप्रपाले पार्टीको लाइनविपरित गतिविधि सञ्चालन गर्ने सांसदहरुलाई कारवाही गर्ने भएको छ ।
आज बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी निर्णयविपरित हिँड्ने सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको नेता बुद्धिमान तामाङले रातोपार्टीसँग बताए ।
नेता तामाङका अनुसार कारभन्ने निक्र्योल भने भैसकेको छैन । उनका अनुसार सम्भवतः आजै बेलुका बस्ने बैठकले त्यसबारे आधिकारिक धारणा बनाउनेछ ।
आईतबार पार्टी संसदीय दलको बैठक चल्दै गर्दा पार्टीका १५ सांसद कुनै सुचना नै नदिई बेपत्ता भएका थिए भने यसबारे रातोपाटीले सबैभन्दा पहिले खुलासा गरेको थियो ।
आईतबार संसद बैठकमा सविधान संशोधनका लागि मतदान हुने सम्भावित कार्ययोजनाविपरित राप्रपाका सांसदहरु नयाँ पार्टी गठनको तयारीस्वरुप गोप्य भेला गर्दै सम्पर्कविहिन बनेका थिए ।
यसैबीच अध्यक्ष कमल थापा नेतृत्वबाट असन्तुष्ट बनेका सांसदहरुले पनि कारबाहीको सामना गर्ने तयारी थालेका छन् ।
सोमबार काठमाडौको गोप्य स्थानमा छलफलमा जुटेका उनीहरुले कारवाहीको सामना गर्दै अघि बढ्ने तयारीमा लागेको बताए ।
आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गर्दै ति सांसदले भने ‘कमल थापाको पार्टीमा अव हामी बस्ने कुरै आउँदैन, त्यसको विकल्पबारे छलफल भइरहेको छ । सम्भवत २१ गते भित्रै परिणाम आउछ ।’
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस