प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि प्रधानमन्त्रीको कुर्सी खाली गरिदिने बताएका छन् । आइतवार विहान रातोपाटी अनलाइनलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले ‘प्रधानमन्त्रीको कुर्सी छाड्दैनन् कि’ भन्ने कुनै प्रकारको आशंका नगर्न पनि आग्रह गरे ।
‘स्थानीय तहको चुनाव माओवादीको नेत्वमा सम्पन्न गर्ने तथा प्रदेश र केन्द्रको चुनाव काँग्रेसको नेतृत्वमा सम्पन्न गर्ने सहमति भएको छ । बैशाख ३१ गते स्थानीय तहको चुनावको मिति काँग्रेसकै समझ्दारीमा आएको हो । चुनाव सकिने वित्तिकै एकदिन पनि ढिलो नगरिकन प्रधानमन्त्री पद म शेरबहादुर देउवाजीलाई सुम्पन्न छु । उहाँहरुले कुनै प्रकारको आशंका नगरे हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको चुनाव एमालेका लागि झ्टका हुने पनि सुनाए । ‘हामीले मेची–महाकाली अभियान शुरु गरेका थियौँ । त्यो अहिलेको एमालेभन्दा झण्डै झण्डै डबल थियो । हामीले एउटै जिल्लामा पाँच–छ ठाउँमा आमसभा गरेका थियौँ । जहाँ पनि मान्छेको जवर्जस्त उपस्थिति थियो । त्यतिबेला माओवादीले नै चुनावी माहोल बनाएको हो । तर, नराम्रोसँग चुनाव हारियो । मेची– महाकाली अभियान गरेर ठूलो तामझाम देखायो भने जनताले त्यसलाई रुचाउँदैन भने कुरा पनि देखियो । अहिले एमालेलाई पनि त्यस्तै होला जस्तो लाग्छ मलाई ।’ प्रचण्डको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले चुनावमा माओवादी केन्द्रले आबश्यकता अनुसार तालमेलको नीति लिने बताएका छन् । उनले अहिलेको सत्ता गठबन्धनसँग तालमेल हुनसक्ने संकेत पनि गरे । त्यसबाहेक प्रचण्डले तालमेलका लागि मोहन वैद्य र डा.बाबुराम भट्टराईसँग पनि कुरा गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले अव बस्ने मन्त्रीपरिषद्बाट आइजीपी नियुक्ती गर्ने बताएका छन् । ‘सर्वोच्चको फैसाला आएपछि मन्त्रीपरिषद्को बैठक पनि बसेको छैन । त्यस लगतै म चीन भ्रमणमा गए । अब बस्ने क्यविनेटले आइजीपीको नियुक्तिको विवाद टुगिंन्छ । अब ढिलो हुँदैन । अदालतको पनि सम्मान गरिन्छ र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गरिन्छ ।’ प्रचण्डको भनाई छ ।
प्रचण्डले सोमवार बस्ने मन्त्रीपरिषद्बाट उपप्रधानमन्त्रीहरुको बरियता टुंगाइने बताए । उपप्रधानमन्त्रीज्यूहरुले उदारता देखाउनु भएन भने म निर्णय गर्छु ।’ प्रधानमन्त्रीको भनाई छ ।
एनसेल प्रकरणमा पनि प्रधानमन्त्रीले मुख खोलेका छन् । उनले राज्यले पाउनुपर्ने कर कुनै पनि हालतमा उठाइने र त्योसँगै पुँजीगत लाभ कर नलिई विक्रेतालाई उम्काउनेहरु पनि खोजिने बताए । केपी ओली नेतृत्वको सरकारका पाला एनसेलको खरिद विक्री भएको थियो । माओवादी र एमाले मिलेर बनेको सरकारमा त्यसबेला अर्थमन्त्री बिष्णु पौडेल थिए ।
प्रधानमन्त्रीसँगको अन्तर्वार्ता, आज साँझ साढे ६ बजे रातोपाटी अनलाइनको कार्यक्रम ‘विग क्वेसेन’ मा प्रशारण हुनेछ, जहाँबाट तपाईं भिडियो अन्तर्वार्ता हेर्न सक्नुहुन्छ । त्यति नै बेला रातोपाटीमा अन्तर्वार्ताको पूर्ण पाठ प्रकाशित हुनेछ । यसबाहेक सोही समयमा रातोपाटीको युट्युव च्यानलमा पनि अन्तवार्ता हेर्न सकिनेछ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन