Advertize with us.............

मानव तस्करलाई ‘डिपोर्ट’ गर्न निर्देशन

संसदको अन्तर्रास्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदार तस्कर गर्नेलाई 'डिपोर्ट गरी कारबाही गर्न आइतबार निर्देशन दिएको छ । 
‘मानव तस्करीमा संलग्न नेपाल बाहिर रहेका नेपालीको पहिचान गरी सम्बन्धित देशबाट निकाला (डिपोर्ट) गराई नेपाल ल्याएर कानुनबमोजिम कारबाही गर्ने,’ समितिको निर्णयमा भनिएको छ, ‘त्यस्तो कार्यमा संलग्न विदेशी नागरीकलाई सम्बन्धीत देशको कानुन अनुसार कारबाही गराउन ठोस कुटनीतिक पहल गर्न नेपाल सरकार, परराष्ट्र र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’ 
समितिका सभापति प्रभु शाहको नेतृत्वमा खाडीका चार मुलुकको अध्ययन गरी फर्केपछि भएको बैठले यस्तो निर्णय गरेको हो । 

दूतावासले ती दलाललाई पहिचान गरेर कारबाहीको लागि नेपाल सरकारलाई सिफारिस गरे पनि सुनुवाई नभएपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । खाडीमा अलपत्र भई दूतावासमा पुगेका घरेलु कामदारलाई दूतावासले उद्धार मात्रै गर्दै आएको छ । कतार, कुबेत, साउदी र यूएईमा घरेलु कामदारको तस्करी गर्नेविरुद्ध पीडितले बयान दिए पनि डिपोर्ट हुन  सकेको छैन । 
समितिले घरेलु कामदार ल्याउने प्रक्रियामा जबर्जस्ती कार्यन्वयन गर्न परराष्ट्र मन्त्रालयले दूतावासलाई  दबाब दिएको भन्दै परराष्ट्रमन्त्री लगायत निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरुलाई छानबिन गरी कडा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई निर्देशन दिएको छ । 
समितिले खाडी मुलुकममा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगाएको मितिदेखि हालसम्म त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका व्यक्तिहरु हाल जुनसुकै जिम्मेवारीमा रहेको भए पनि निलम्बन गरी उनीहरुको पालामा भएका अवैध कार्यहरुको छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस