Advertize with us.............

जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छः महतो

जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छः महतो
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जर्वजस्ती निर्वाचन गराइए मुलुकमा अर्को महाभारत सुरु हुने चेतावनी दिएका छन । उनले प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीको हठको कारण मुलुक अस्थिरता तर्फ धकेलिन सक्ने खतरा रहेको बताएका छन् । सदभावना पार्टी रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष महतोले मधेश आन्दोलनले उठाएको मुद्धा हाल सम्म पुरा नभएको, संविधान जारी भइरहदा र हाल सम्म पनि मधेशी, आदिवासी जनजाति, उत्पीडित जनतामा संविधानप्रति असन्तुष्टि रहेको दावी गरे । “संसोधन बिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, हामी पनि निर्वाचन चाहन्छौ, तर पहिला संविधान संसोधन गरेर मात्र निर्वाचन गर्नुपर्छ” उनले भने । सरकारले यथास्थितीमा निर्वाचन गराए मोर्चाले अवज्ञा गर्ने चेतावनी दिए । मधेशको विरुद्धमा तीन दल सधैं एकताबद्ध हुन्छन, मधेशको भावनालाई नबुझी एकलौटी ढङले उनीहरुले संविधान पनि जारी गरे, जुन राम्रो कुरा होइन उनले भने । सीमांकनको टुंगो नलगाई संविधान संसोधन गरिए मधेशी मोर्चालाई मान्य नहुने उनको भनाई थियो ।जनसंख्याको आधारमा गाउँपालिका बनाउनुपर्ने र मधेश अझैं पनि आन्दोलनमा नै रहेकोले छुटेका नागरिकलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने माग गरे ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस