पुर्वाञ्चलको केन्द्रको रुपमा रहेको इटहरीमा विभिन्न शैक्षिक सस्थाहरुको स्थापना भएसंगै मंगलबार शैक्षिक क्षेत्रमा अग्रणि स्थानमा रहेकोे एक्सपर्ट एजुकेशन भिसा सर्भिसले गोरखा डिपार्टमेन्टको हलमा एक कार्यक्रमका बिच १२ औ शाखाको उदघाट्न गरेको छ । शाखासो उदघाट्न कार्यक्रममा प्याबसन सुनसरीका अध्यक्ष सुमित थापा, विश्व आर्दश कलेजका प्राचार्य लेखनाथ घिमिरे,हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे,जिल्ला संयोजन समिति सुनसरीका स्थानिय बिकाश अधिकारी तुलसी श्रेष्ठ, दिलकुमार बन ,महिला नेत्रि डिला संगा्रैला,सञ्चारकर्मी राधाकृष्ण धिताल लगायतले शुभकामना मन्तब्य राखेका थिए । एक्सर्टले आफनो शाखा बिस्तार गरेसंगै पुर्बका बिद्यार्थिहरुले सहज रुपमा सेवा पाउने बिश्वास ब्यक्त गरेका थिए ।
उनिहरुले एक्सपर्टले शैक्षिक क्षेत्रमा देखिएका बिकृतीहरुलाई समेत हटाउदै सेवा दिनुपर्ने कुरामा जोड समेत दिएका छन । सन २००३ मा अस्ट्रेलियाको सिडनीमा मुख्य कार्यालय सञ्चालनमा आएको एक्सपर्टले नेपालमा भने सन २००६बाट मात्र सेवा आरम्भ गरेको सञ्चालक भव तिमसिनाले बताए । उदघाटन कार्यक्रममा शाखाका कार्यकारी प्रमुख कमल तिमसिना,कार्यक्रम निर्देषक भुवन पाण्डेले एक्सपर्टले निदै आएको सेवा सुबिधाका बारेमा जानकारी गराएका थिए । नेपालमा स्थापना भएयता ११ बर्षयता एक्सपर्टका बिभिन्न शाखाहरुबाट झण्डै २० हजार भन्दा बढि बिद्यार्थिहरु अस्ट्रेलियमा पुगिसकेको पनी जानकारी दिएको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन