Advertize with us.............

पचहत्तर लाखको जग्गादान

jhapa-district-map
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीलाई मङ्गलबार पाँच कट्ठा जग्गादान गरेका छन् ।

मेचीनगर–९ मा रहेको सो जग्गाको प्रचलित मूल्य ७५ लाख रहेको छ । दाता परिवारका तर्फबाट मङ्गलबार सेवा केन्द्रकी ब्रह्माकुमारी दिदी अनिसालाई जग्गाको धनीपुर्जा हस्तान्तरण गरिएको छ ।
सो जग्गामा सुविधासम्पन्न ध्यान केन्द्र बनाइने केन्द्रकी सञ्चालिका दिदी अनिसाको भनाइ छ । ध्यान केन्द्र शर्मा दाजुभाइका स्वर्गवासी माता सावित्रा र पिता परशुराम भण्डारीको स्मृतिमा निर्माण हुने भएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस