Advertize with us.............

निगाले सिमेन्ट उद्योगको कारण सर्व साधारण विस्थापित हुने अवस्थामा,

8
नेपालीलाई आत्मनिर्भर बनाउन तथा युवा पुस्तालाई विदेश पलायनबाट रोक्न उद्योग धन्दाले धेरै सहयोग पुगेको छ । उद्योगहरु समेत पछिल्लो समयमा सरकारी नीति विरुद्ध सञ्चालन हुदा त्यसले फाइदा भन्दा पनि बेफाइदा बढी पु¥याएको छ । यस्तै अविगत भोगेका छन् छथर जोरपाटि गाउ पालकामा सञ्चालन भएको निगाले सिमेन्ट उद्योगका कारण । उद्योग नीति अनुसार सञ्चालन नहुदा एकातिर धेरै पटक दुर्घटना समेत भयो र आधा दर्जनभन्दा बढीले ज्यान समेत गुमाउनु प¥यो भने अर्कातर्फ वातावरण प्रदुषका कारण त्यहाका स्थानीयहरु रोगको शिकारसंगै कृषि पकेट क्षेत्रमा उब्जीन समेत कम भएको कम भएको छ ।
धनकुटाको साविक परेवादिन गाविस हालको छथर जोरपाटि वाड नम्बर ६ प्रधानमन्त्रि कृषी कार्यक्रम अन्र्तगतको ताज तरकारी को पकेट क्षेत्र हो । सो क्षेत्रका वासिन्दाको मुख्य श्रोत कृषी नै हो त्यसमा पनि साग सब्जि र गाइ पालन हो । यसैको आम्दानिवाट परिवार पाल्दै आएका स्थानियहरुको अहिले चिन्तित बनेका छन् । कृषी योग्य जमिनमा सिमेन्ट उद्योग सञ्चालनमा आएपछि अहिले सो क्षेत्रमा साग सब्जि उत्पादनमा कमी आएको छ भने गाइ पालन कृषकहरुको आम्दानिमा समेत कमी आएको छ । मापदण्ड विपरित उद्यँेग सञ्चालन हुदा उद्योगवाट निस्कने धुलो तथा सिमेन्ट कटहरुको ले बारीमा लगाएको साग सब्जि उत्पादनमा कमी आएको छ भने पशुहरुले समेत राम्रो घास खान नपाउदा दुध समेत कम दिन थालेको स्थानियको भनाई छ । धुलो र ध्वोनी प्रदुशषण कारण आफुहरुमा समेत विभिन्न समस्या देखा पर्न थालेको तथा रातको समयमा उद्योगवाट निस्कने धुलो र ध्वनीका का कारण रातभर सुत्न समेत गाह्रो हुन थालेको स्थानिय डम्बरकुमारी दाहालको भनाई छ
अनुमति लिदा समेत कृषी योग्य जग्गा नभएको भन्दै गलत रिपोट बनाएर अनुमति लिएको उद्योगले उधोगवाट निस्कने धुलो नियन्त्रणका लागी भट्टीको धुवा निकास हुने ठाउमा लाउनु पर्ने उपकरण   लगाउनु पर्ने भए पनि हाल सम्म नलाएको कारण समस्या भएको स्थानिय उदयवहादुर दाहालको भनाई छ । उद्योगले रातको समयमा धुलो छोड्ने वताउदै उहाले गार्ई वस्तुहरुले राम्रो घास खान नपाएको कारण दुध दिन छाडेको तथा समयमा बच्चा उत्पादन गर्न समेत छोडेको जानकारी दिनु भयो ।
उद्योगले मापदण्ड पुरा नगर्दा नजिकै रहेको स्कुल मा समेत समस्या भएको तथा बाल बालिकाहरुमा आखाको समस्या बढ्दै गएको र बृद्ध बृद्धाहरुमा श्वास प्रश्वासको समस्या देखिन थालेको स्थानिय गोपाल गुरुङको भनाई छ ।
उद्योग सञ्चालन गर्दा गाउ बजार को नजिक तथा कृषी योग्य जमिन तथा वन को नजिकमा नपाउने नियम भएपनि निगाले सिमेन्ट उद्यँेगले भने यी सबै नियमको उल्गघन गरेको छ । उद्योगको १सय मिटरको दुरीमा सिधुवा वजार रहेको छ । उद्योग सञ्चालन भएको जग्गा तथा वरिपरिको जमिन कृषी योग्य जमिन हो । जुन हालै सञ्चालन हुदै गरेको प्रधानमन्त्रि कृषी कार्यक्रम अन्तर्गतको तरकारी को पकेट क्षेत्र समेत हो । कृषीमा भर पर्ने उहाका सर्व साधारण निगाले सिमेन्ट उद्योगको कारण विस्थापित हुने अवस्थामा पुगेका छन् ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस