नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले स्थानिय निर्वाचन सम्पन्न गर्न उच्च मनोवलका साथ कर्तब्यनिष्ट रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले भने, ‘अहिले सिङ्गो राष्ट्र आसन्न स्थानीय तह निर्वाचन, संविधान र संघीयताको सफल कार्यान्वयनको गहन जिम्मेवारी हाम्रा सामु रहेको छ । सिंगो राष्ट्रको भविष्य र नागरिकको अपेक्षासँग जोडिएको यस महान दायित्व निर्वाह गर्नेक्रममा नेपाल प्रहसफलतापुर्वक सम्पादन गर्न उच्च मनोवलका साथ कर्तव्यनिष्ठ रहन तमाम सदस्यहरुलाई निर्देश गर्दछु ।’
आफुलाई प्रहरी महानिरीक्षक पदमा पदोन्नती गरेकोमा नेपाल सरकारप्रती कृतक्ष रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले भने, ‘मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरुप नेपालको संविधान, प्रचलिन ऐन कानुनहरु र नेपाल सरकारको नीति निर्देशन बमोजिम परिचालित हुनु नेपाल प्रहरीको मुल दायित्व हो, नेपाल प्रहरी सदैव जनमुखी, पारदर्शी र कानुनी मुल्यमान्यताका आधारमा संचालित हुन्छ ।’
संगठनप्रतिको विश्वास अझै उँचो पार्ने पवित्र कार्यको लागि रचनात्मक सहयोग, सुझाव र सल्लाहको अपेक्षा आफूले राखेको उल्लेख गर्दै उनले म र मेरो भन्ने भावनालाई त्यागेर हामी र हाम्रो सामुहिक निर्णयले संगठन र सदस्यको बृहत्तर हितका लागि एक्यबद्ध हुन आब्हान गरेका छन् ।
अपराध अनुसन्धान तथा नियन्त्रण मार्फत मुलुकमा शान्ति सुरक्षा बहाल राख्दै आमनागरिकको सेवामा समर्पित रहने सामुहिक प्रयास र जिम्मेवारी बोध सबै प्रहरी कर्मचारीले उत्तिकै उमंग र उत्साहका साथ मन, वचन र कर्मले गर्नुपर्नेमा उनले जोड दिए ।
२०२० असार १४ मा दाङ्ग, त्रिभुवननगर–११ मा जन्मिएका नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेका छन् । २०४४ चैत २९ गते प्रहरी निरीक्षक पदबाट सेवा आरम्भ गर्नुभएको गरेका अर्याल २०५२ पुस ३० मा प्रहरी नायब उपरीक्षक, २०६१ चैत १ मा प्रहरी उपरीक्षक, २०६६ कात्तिक २२ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०६९ पुस ४ गते प्रहरी नायब महानिरीक्षकमा पदोन्नती भएका थिए । सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले चैत २८ गतेबाट लागू हुने गरी अर्याललाई प्रहरी महानिरीक्षक पदमा पदोन्नती गरेको थियो ।
प्रहरी महानिरीक्षक अर्यालले स्वदेश तथा विदेशमा गरी विभिन्न १६ वटा व्यावसायिक तालिम लिएका छन् । स्वदेशी तथा विदेशी गरी विभिन्न ८ वटा विभूषणबाट विभूषित अर्यालले विभिन्न पुरस्कार एवं प्रशंसापत्र प्राप्त गरेका छन् ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन